झिलिमिली बत्तीले झकिझकाउ पोखरा (फोटो फिचर)

झिलिमिली बत्तीले झकिझकाउ पोखरा (फोटो फिचर)

पोखरा : तिहारको तेस्रो दिन पोखरा क्षेत्र झिलिमिली बत्तीले झकिझकाउ देखिएको छ।

घर–घरमा झिलिमिली बत्ति बालेर धनधान्यकी देवी लक्ष्मीको पूजाआजा चलिरहेकाले पोखरा शहर धपक्क बलेको छ। विगत तीन वर्षदेखि लोडसेडिङ हटेसँगै पोखराका धपक्क बल्न थालेको छ।

तिहारको तेस्रो दिन हिन्दू धर्मावलम्बीले लक्ष्मीको पूजा आराधना गर्दै दीपावली मनाइरहेका छन्। विभिन्न व्यावसायिक प्रतिष्ठान, घरको आँगन, पिँढीमा गाईको गोबरले लिपेर सफा गरी घरका झ्याल ढोका साथै लोटामा फूलका मालाले सिंगार्ने गरिन्छ।

घर बाहिर मूलद्वारदेखि लक्ष्मी स्थापना गर्ने ठाउँसम्म गाइको गोबर र रातोमाटाले पोतेर रंगरोगनले आकर्षक बनाएर चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाई लक्ष्मी लाई डाकिन्छ।

पाइलैपिच्छे केराको सुत्लो वा माटाको पालामा दीप प्रज्वलन गरी झिलिमिली बनाएर पूजा कोठामा गरगहना, पैसा, धान, चामल, फलफूल, र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजाआरधना गरिन्छ।

७ कात्तिक, २०७९, १९:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।