मनमोहक छैन त खुलेको काठमाडौं ? (फोटो कथा)

मनमोहक छैन त खुलेको काठमाडौं ? (फोटो कथा)

काठमाडौं : दशैं झरीमै सकियो। त्यसपछिका केही दिन पनि मौसम पूर्ण रूपले खुल्न सकेन।

मनसुन सकिएसँगै झरी र बादलले छाडेपछि भने मौसममा सुधार आएको छ। आकाश नीला देखिएका छन्। टाढाका हिमाल आँखै अगाडि आएका छन्।

काठमाडौं उपत्यकाबाटै दुई सय किलोमिटर पर भएको विश्वकै सर्वोच्च शिखर सगरमाथा देखिएको छ। अन्य हिमश्रृंखलाको दृश्य पनि कम्ति मनमोहक छैनन्।

काठमाडौं उपत्यकाबाट देखिने विभिन्न हिमश्रृंखलाले उपत्यकामा बस्ने सर्वसाधारणदेखि विदेशी पर्यटकलाईसमेत लोभ्याएको छ।

प्रदूषणका कारण हत्तपत्त उपत्यकावासीले पनि खुलेका आकाश र हिमाल देख्न पाउँदैनन्। उपत्यकामा प्रदूषणले नढाकेसम्म देखिने हिमालका दृश्य प्रदूषण बढेसँगै विस्तारै विलिन हुँदै जान्छन्।

३ कात्तिक, २०७९, १९:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।