काठमाडौं: नेपालीहरूको दोस्रो महान् चाड तिहार अब धेरै टाढा छैन। तिहार नजिकिएसँगै माटोका भाडाकुँडाहरूको माग ह्वात्तै बढेको छ।
फोटो कथा
यही माग धान्न अहिले भक्तपुरका कुमाःहरू माटोका भाडा बनाउन व्यस्त छन्।
तिहारमा धेरैजसो पालाको माग हुने भएकाले यसैलाई बढी प्राथमिकताका साथ बनाइन्छ।
वृद्धवृद्धादेखि बालबालिका र किशोर किशोरीहरू पनि माटोका भाडा बनाउन सिक्दैछन् सिकाउँदै छन्।
अहिले भक्तपुरकै गुण्डु र काठमाडौंको इचाङ्गुनारायण क्षेत्र आसपासमा फूल टिप्ने, माला उन्ने काम पनि धमाधम भइरहेको छ।
चिनियाँ प्लास्टिक र सेरामिक्सका भाडाकुँडाका सामग्रीले बजार ओगटेको बेला तिहार जस्ता चाडपर्वमा भने कुमाः समुदायले बनाएको माटोका भाडाकै बढी माग हुने गर्दछ।
२०७९ कात्तिक ०१ गते ११:३७ मा प्रकाशित
उकेरामा प्रकाशित कुनै सामग्रीबारे गुनासो भए या कुनै जानकारी भए हामीलाई ukeraanews@gmail.com मा इमेल गर्न अनुरोध गर्दछौ ।