भक्तपुरमा भित्र्याइँदै बाली (फाेटाेफिचर)

भक्तपुरमा भित्र्याइँदै बाली (फाेटाेफिचर)

काठमाडौं : दशैं सकिएलगत्तै भक्तपुरको चाँगुनारायण चुः गनेश्वरका किसान धान बाली भित्र्याउन व्यस्त छन्।

तिहारको लक्ष्मी पूजामा नयाँ धान प्रयोग गरिने भएकाले पनि यहाँका किसानलाई धान भित्र्याउन लागेका हुन्।

वर्षाका कारण धान भित्र्याउन रोकिएका किसान पनि मौसममा सुधार आएसँगै खेततिर लागेका छन्।

धान काट्ने बेलामा भएको वर्षाले केही क्षति पुगेको भए पनि अब भने पानी नपरोस् भनेर उनीहरूले प्राथना गरेका छन्।

२८ असोज, २०७९, २१:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।