उकेरा शिक्षा

कक्षा १२ को परीक्षा वैशाख दोस्रो साता हुने, ११ को अन्तिम साताबाट


काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा २०८० वैशाख दोस्रो साता गर्ने भएको छ।

बोर्डले मंगलबार शैक्षिक सत्र २०७९/०८० को परीक्षा सञ्चालन सम्बन्धी कार्यतालिका सार्वजनिक गर्दै कक्षा १२ को परीक्षा २०८० वैशाख दोस्रो साता हुने जनाएको हो।

त्यसका लागि पुस १ गतेबाट परीक्षा आवेदन फारम वितरण गर्ने र माघ १५ गतेसम्मा फारम भरिसक्नुपर्नेछ। माघ मसान्तसम्म दोब्बर शुल्कमा परीक्षा आवेदन फारम भरिने र फागुन मसान्तभित्र परीक्षा केन्द्र निर्धारण गर्ने बोर्डको कार्यतालिका छ।

यस्तै, कक्षा ११ को आशिंक÷ग्रेड वृद्धि परीक्षा वैशाखाको तेस्रो हप्तादेखि सञ्चालन गर्ने र ११ को वार्षिक परीक्षा वैशाख अन्तिम सातादेखि सञ्चालन गर्ने भएको छ।

कक्षा ११ को परीक्षाका लागि पुस १५ गतेसम्म रजिस्ट्रेसन फारम र दोब्बर दस्तुर तिरेर पुस मसान्तसम्म रजिस्ट्रेसन फारम भर्नुपर्ने बोर्डको तालिका छ।

विद्यालयहरूले माघ १५ गतेभित्र बोर्डका कार्यालयमा रजिस्ट्रेसन फारम बुझाउनुपर्ने र फागुन १५ गतेभित्र रजिस्ट्रेसन फारमको अर्धकट्टी वितरण गर्नेछ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

त्रिविका क्याम्पस र कार्यालय निर्वाचनमा तीन दिन बन्द हुने

त्रिवि रजिष्ट्रारको कार्यालयले शुक्रबार एक सूचना निकाल्दै अधिकांश क्याम्पसमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान केन्द्र राखिएकाले आगामी मंसिर १, २ र ५ गते....

मध्यपश्चिम विश्वविद्यालयमा हरियाली र सरसफाई कायम गर्न हरेक महिनाको दुई दिन अनिवार्य श्रम गरिने

यसअन्तर्गत अब हरेक महिनाको दोस्रो र चौथो बिहीबार दिउँसो २:०० बजेदेखि ५:०० बजेसम्म तीन घण्टा अनिवार्य श्रम गरिनेछ।विश्वविद्यालयअन्तर्गतका प्रत्येक निकाय प्रमुखहरूको नेतृत्त्वमा अभियान सञ्चालन गरिने....

शिक्षामन्त्री पौडेलद्वारा सीपिएफमा हस्ताक्षर 

हस्ताक्षरपछि नेपालले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइईए)मार्फत विकिरण सुरक्षा, आणविक सुरक्षा, खाद्य र कृषि, स्वास्थ्य जस्ता क्षेत्रमा प्राविधिक सहयोग प्राप्त गर्नेछ। साथै पोषण, खानेपानी र....

दैलेखको देउती आधारभूत विद्यालय: जहाँ आकासमा बादल लाग्नासाथ विद्यार्थी र अभिभावक तर्सिन्छन्

यहीँ अध्यनरत सोबिना शाहीलाई पनि विद्यालय छिर्नेबित्तिकै चर्किएको भवन देख्दा डर लाग्छ। ‘घरबाट स्कुल आउन त मन लाग्छ। तर अकासमा बादल लाग्नासाथ कक्षाकोठाको भवन भत्किने....

बाल दिवसका अवसरमा नरैनापुर गाउँपालिकाले उत्कृष्ट विद्यार्थीलाई दियो ल्यापटप

सम्मानित हुने विद्यार्थीहरूमध्ये दिक्षीणा यादव र पवनसिंह यादवले एसईईमा सर्वोत्कृष्ट अंक ल्याएका थिए। उनीहरूलाई ल्यापटप प्रदान गरिएको थियो। अरू उत्कृष्ट विद्यार्थीहरूलाई नेपालको संविधान, कापी, झोला,....