यात्रा गर्दै हुनुहुन्छ ?, १२ जिल्लाका यी सडक पूर्ण अवरुद्ध छन्

यात्रा गर्दै हुनुहुन्छ ?, १२ जिल्लाका यी सडक पूर्ण अवरुद्ध छन्

काठमाडौंः देशका विभिन्न ठाउँका सडक पूर्ण अवरुद्ध भएको छ।

लमजुङ, दाङ, प्यूठान, सल्यान, सुर्खेत, दोलखा, रोल्पा, पाल्पा, नुवाकोट, स्याङ्जा, मुस्ताङ र चितवनका सडक पूर्ण अवरोध भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

लमजुङको मर्स्याङदी गाउँपालिका–४ अर्खलेस्थित लमजुङ–मनाङ सडकखण्डमा अविरल वर्षाको कारण बुधबार दिउँसो पहिरो जाँदा सडक पूर्ण रूपमा अवरोध भएको छ। यसैगरी बेसीशहर नगरपालिका–१ उदिपुरस्थित डुम्रे–बेसिशहर सडकखण्ड समेत बिहीबार बिहान पहिरो जाँदा पूर्णरूपमा अवरोध भएको छ।

दाङको घोराही उपमहानगरपालिका–१९ च्यानगैरास्थित होलेरी–घोराही सडकखण्डमा बुधबार साँझ पहिरो जाँदा सडक पूर्णरूपमा अवरोध भएको छ। यसैगरी तुलसीपुर उपमहानगरपालिका–१३ भन्ज्याङस्थित तुलसीपुर–अमिलिया सडकखण्ड समेत अविरल वर्षाको कारण बुधबार दिउँसो पहिरो जाँदा अवरोध भएको छ।

प्यूठानको स्वर्गद्धारी नगरपालिका–९ प्यूठान–रोल्पा सडकखण्डस्थित जुरापाटामा बुधबार बेलुकी पहिरो जाँदा सडक पूर्णरूपमा अवरोध भएको छ।

सल्यानको कपुरकोट गाउँपालिका–३ फलाटेस्थित दाङ–सल्यान सडकखण्ड अन्तर्गत राप्ती राजमार्गमा बिहीबार बिहान पहिरो जाँदा सडक पूर्ण रूपमा अवरोध भएको छ।

सुर्खेतको गुर्भाकोट नगरपालिका–९ पोखरेस्थित छिन्चु–जाजरकोट सडकखण्डमा बुधबार बेलुकी पहिरो जाँदा सडक पूर्णरूपमा अवरोध भएको छ।

दोलखाको भिमेश्वर नगरपालिका–५ बिरुवास्थित चरिकोट–मन्थली सडकखण्डमा बुधबार बेलुकी पहिरो जाँदा सडक अवरोध भएको छ।

रोल्पाको रुण्टिगढी गाउँपालिका–५ खुम्वासास्थित दाङ–रोल्पा सडकखण्डमा बुधबार साँझ पहिरो जाँदा सडक पूर्णरूपमा अवरोध भएको छ।

पाल्पाको रिब्दिकोट गाउँपालिका–२ जोर्ते घुम्तिस्थित तानसेन–रिडी सडकखण्डमा बिहीबार बिहान पहिरो जाँदा सडक पूर्णरूपमा अवरोध भएको छ।

नुवाकोटको बेलकोटगढी नगरपालिका–७ बुधसिङघाटस्थित गल्छी–त्रिशुली सडकखण्डमा बिहीबार विहान पहिरो जाँदा सडक पूर्णरूपमा अवरोध भएको छ।

स्याङ्जाको गल्याङ नगरपालिका–८ झोल्पेस्थित सिद्धार्थ राजमार्गमा बिहीबार बिहान पहिरो जाँदा सडक पूर्ण रूपमा अवरोध भएको छ।

मुस्ताङको थासाङ गाउँपालिका–४ घोप्टे भिरस्थित बेनी–जोमसोम सडकखण्डमा बिहीबार बिहान पहिरो जाँदा सडक पूर्णरूपमा अवरोध भएको छ।

चितवनको भरतपुर महानगरपालिका–२९ मुग्लिङ(नारायणगढ सडकखण्डस्थित सत्र किलोमा बिहीबार बिहान पहिरो जाँदा सडक पूर्णरूपमा अवरोध भएको छ।

नजिकका प्रहरी कार्यालयबाट खटिएको प्रहरीले अवरोध भएका सडक खुलाउन आवश्यक पहल गरिरहेको छ।

२० असोज, २०७९, १४:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।