नेपालमा हिन्दू धर्मका धेरै मठ-मन्दिर छन्। नगरबस्तीहरू बसाउँदा शक्तिपीठहरूले घेरिएर बनाउने चलन भयो।
काठमाडौं, भक्तपुर र ललितपुर शहरको संरचना हेर्दा विभिन्न शक्तिपीठहरूले सुसज्जित भएको पाइन्छ। नगरलाई शक्तिपीठहरूबाट सुसज्जित पारेपछि ती शक्तिपीठका देवीहरूले नगरलाई सुरक्षा दिन्छ भन्ने मान्यता रहेको देखिन्छ।
लिच्छविकालमा जयदेव द्वितीयको पालामा ठूलो आगलागी भयो। त्यसपछि बनेका नगरहरूमा कान्तिपुरमा राजा गुणकामदेवले चारैतिर अष्टमात्रिका देवीहरू स्थापना गरेर कान्तिपुर नगर खड्गाकारमा बसाएको देखिन्छ।
नगरलाई शक्तिपीठबाट घेर्नु एउटै कारण देखिन्छ, बाहिरबाट हुने आक्रमणबाट बचाउनु, नराम्रो विकृतिबाट जोगाउनु। देवीको मन्दिर बनाउँदा बाहिरकाले आक्रमण गर्न सक्दैनन् भन्ने देखिन्छ।
लिच्छविकालमा नै नगर बसाउँदा नगरहरू मन्दिर र शक्तिपीठबाट सुसज्जित भएको पाइन्छ। जस्तै अशुंवर्माको पालामा शक्तिपीठहरूमा विभिन्न देवी-देवताहरू बनेको देखिन्छ। त्यो बेला सात वटा सप्तमात्रिका भनिने देव-देवी सुसज्जित गरिन्थ्यो।
त्यतिबेला मातृसत्तात्मक समाज रहेको पाइन्छ। मातृशक्ति भएको कारणले धार्मिक ग्रन्थहरूमा सप्तमात्रिकाको अनुष्ठान बनाएको पाइन्छ।
राक्षसहरूलाई मारेर यहाँको समाजलाई सुरक्षा दिएको भन्ने आधारमा अंशुवर्माले स्थापना गरेका सात वटा देवीहरू थिए। जसमा ब्रह्मायणी, महेश्वरी, कौमार्य, वैष्णवी, बाराही, महाकाली र इन्द्रयाणी थिए।
यी सात देवीको समूहलाई सप्तमात्रिका भन्छन्। यी देवीहरूले छुट्टाछुट्टै नभई पूर्व-पश्चिम नगरलाई सुरक्षा गरेको देखिन्छ।
लिच्छविकालमा जयदेव द्वितीयको पालामा ठूलो आगलागी भयो। त्यसपछि बनेका नगरहरूमा कान्तिपुरमा राजा गुणकामदेवले चारैतिर अष्टमात्रिका देवीहरू स्थापना गरेर कान्तिपुर नगर खड्गाकारमा बसाएको देखिन्छ। यसै क्रममा लिच्छविकालमा आनन्ददेव राजाले श्रीयन्त्रकारमा भक्तपुर नगर बसाएको देखिन्छ।
भक्तपुरमा जात्रा भइरहन्छ। जात्राको अर्को अर्थ युवा-युवतीलाई अलि स्वतन्त्र छाडिदिनु पनि हो। दशमीको दिन तलेजु मन्दिरमा ठूलो पूजा हुन्छ। त्यो दिन यदि कुनै युवा र युवतीले एकअर्कालाई मन पराए भने विवाह गर्न सक्थे। यो विवाहलाई समाजले सहर्ष स्वीकार्थ्यो।
मुख्य विन्दुमा त्रिपुरासुन्दरीदेवी स्थापना गरेर नगरको चारैतिर ब्रहमायणी, महेश्वरी, कौमार्य, भद्रकाली, बाराही, इन्द्रयानी, महाकाली र महालक्ष्मी देवीहरू श्रीयन्त्रकारमा स्थापना गरेको देखिन्छ। अष्टमात्रिका देवीहरू नै शक्तिपीठहरू हुन्। यहाँ विशेषगरी दशैंमा मेला लाग्छ।
कुन दिनमा कुन मन्दिर गइन्छ?
आश्विन शुक्ल प्रतिपदाको दिनमा घटस्थापना पर्छ। सो दिन ब्रह्यायणी देवीको, द्वितीयामा महेश्वरी देवी, तृतीयाको दिन कौमार्य, चौथी बैष्णवी अर्थात् भद्रकालीको दर्शन हुन्छ। पञ्चमीको दिनमा बाराही, षष्ठीको दिनमा इन्द्रायणी, सप्तमीको दिनमा महाकाली, अष्टमी महालक्ष्मीको, नवमीको दिन त्रिपुरासुन्दरीको मन्दिर जाने चलन छ भक्तपुरमा।
यी पनि,
आजको पुस्ता त खासै मन्दिर जाँदैन तर मन्दिर जानेहरु बिहान खोलामा गएर नुहाउने, मुख धुने र मन्दिर दर्शन गर्ने र साँझ पुनः बिहान जुन मन्दिर गएको छ, सोही मन्दिरमा बत्ती लिएर जाने चलन छ। अन्तिम दिनमा भने तलेजुमा जात्रा हुन्छ। दशमीको दिनमा सम्पूर्ण देवीलाई मान्नुपर्ने हुन्छ। हरेक दिन नेवार समुदाय फरक–फरक मन्दिरमा जाने चलन थियो।
भक्तपुरमा जात्रा भइरहन्छ। जात्राको अर्को अर्थ युवा-युवतीलाई अलि स्वतन्त्र छाडिदिनु पनि हो। दशमीको दिन तलेजु मन्दिरमा ठूलो पूजा हुन्छ। त्यो दिन यदि कुनै युवा र युवतीले एकअर्कालाई मन पराए भने विवाह गर्न सक्थे। यो विवाहलाई समाजले सहर्ष स्वीकार्थ्यो। यो जात्रामा भैरवको दर्शन गरेपछि विवाह गर्ने चलन छ।
आन्नदेवले श्रीयन्त्राकार रुपमा भक्तपुर बसाएपछि शक्तिपीठहरुमा दशैंको अघि जात्रा गर्ने प्रचलन सुरु भएको देखिन्छ। यसमा नेवार समुदाय मात्र भएको देखिन्छ।
दशैं भनेको शक्तिका देवीहरूको पूजा गर्नु हो। शाषकहरूले त्यही अनुसार मन्दिर बनाए।
लिच्छवि राजाहरूको पालामा फरक-फरक मन्दिर जाने चलन सुरु भएको देखिन्छ। शक्तिपीठमा जानुको कारण सिमानाको रेखदेख गर्नु रहेको देखिन्छ। दशैंको मेला भर्नेलाई नवरात्रिको मेला भनिन्छ।
भोज खानै पर्छ
दशैंको बेला नेवार समुदायमा भोज खानै पर्छ। जसलाई कुल छिः भोज भनिन्छ। परिवारै सबै मिलेर चिउरासहितको भोज खाने गरिन्छ। पछि कुछिः भोज भयो।
यस्तै नवमीको दिन दुई माना चिउरा खाने चलन छ। दुई माना चिउरा खान नसक्ने हुँदा बीचमा कपडा राखेर चिउरा भर्ने गरिन्छ। नवमीको दिनमा घरमा विशेष पूजा हुन्छ। पेशा अनुसारका साधनहरूलाई पूजा गर्ने चलन छ।
त्यस्तै सप्तमीको दिन राँगा काटेको मासु भित्र्याउनै पर्ने चलन अझै छ। दशैं भनेको शक्तिका देवीहरूको पूजा गर्नु हो। शाषकहरूले त्यही अनुसार मन्दिर बनाए।
भक्तपुरमा बस्ने अन्य जातका मान्छेले पनि फरक दिनमा फरक मन्दिर गएको पाइन्छ। अन्यत्र यस्तो चलन छैन। नयाँ पुस्तामा मन्दिर जाने चाख लगाएकोले संस्कृति मासिँदै जाने खतरा देखिन्छ। त्यसकारण कम्तीमा दशैंमा बिदा भएको बेला मन्दिर जानु राम्रो हुन्छ।