दशैंमा मासु खाँदा ध्यान दिनु है: पोलेको र तारेकोले क्यान्सरको जोखिम हुन्छ, रातो मासुले हृदयघातको

दशैंमा मासु खाँदा ध्यान दिनु है: पोलेको र तारेकोले क्यान्सरको जोखिम हुन्छ, रातो मासुले हृदयघातको

अधिकांश व्यक्तिहरू दशैंमा अत्यधिक मासु खाने गर्छन्। मासुमा प्रोटिन तथा फ्याट जस्ता तत्त्व पाइन्छन्। यो शरीरलाई आवश्यक त हो तर, शरीरले धान्न सक्नेगरी मात्रै खानुपर्छ।

चिकित्सकका अनुसार मासुमा शरीरलाई आवश्यक भिटामिन–ए, ओमेगा–३ फ्याटी एसिड, खनिज जस्ता तत्त्व पाइन्छन्। कलेजोमा भिटामिन–ए र आइरन प्रशस्त पाइन्छ। 

त्यसैले मासुमा पाइने आइरन सन्तुलित मात्रामा खाएमा शरीरमा रगतको मात्रा कमी हुन पाउँदैन। जसले गर्दा रोगप्रतिरोधात्मक क्षमता समेत बढ्ने चिकित्सक बताउँछन्। 

प्रसूति गृहका फिजिसियन डा. सुनिल शर्माका अनुसार भिटामिन बी–१२ माछामासुमा बढी मात्रामा पाइन्छ। त्यसैले माछामासु नखाने व्यक्तिमा यो भिटामिन तथा पोषण तत्त्वको अभाव समेत भएको पाइन्छ। ‘शाकाहारी भोजन गर्ने व्यक्तिमा भिटामिन बी–१२, फोलिक एसिड कम हुन्छ’, डा. शर्माले भने।

चिकित्सकको मतअनुसार मासु खानाले व्यक्तिको शरीरको वृद्धि–विकास र शरीर मजबुत हुन्छ। शरीरका कोषिका पुनः उत्पादन गर्नका मासुमा पाइने प्रोटिनले सहयोगी भूमिका खेल्छ। मासुमा पाइने क्याल्सियमका कारण हड्डी खिइने तथा कमजोर हुने जस्ता समस्याबाट समेत बच्न सहयोग मिल्ने चिकित्सक बताउँछन्।

अनि बोसोयुक्त मासु खानाले शरीरमा बोसोको मात्रा बढ्छ। बोसो रगतका धमनीमा जम्ने जोखिम हुन्छ। यसो भयो भने, रक्तप्रवाहमा समस्या भई हृदयघात लगायतको जोखिम हुने चिकित्सक बताउँछन्।

तर, मासु खाँदा सन्तुलित भइएन भने चाहिँ बेफाइदा हुन्छ। धेरै मासु खाएको खण्डमा शरीरमा प्रोटिनको मात्रा बढी हुन्छ। जसले अपच हुने जोखिम बढ्छ।

पोलेको, तारेको मासुले त असर गर्छ है !
पोलेको, भुटेको, तारेको, फ्राइ गरेको र धेरै चिल्लो पदार्थ भएको मासु चाहिँ नखाएकै राम्रो भन्छन् चिकित्सकहरू। यस्तो मासु पोषणका दृष्टिले नभई स्वादका लागि मात्रै हुने प्रा. डा. दिनेश बाँस्तोला बताउँछन्। यस्तो मासुले क्यान्सरको समेत जोखिम हुन्छ।

पोलेको, भुटेको तथा तारेको मासु धेरै र निरन्तर खाएको खण्डमा रक्तनली फुटी व्यक्ति बेहोस हुने, मस्तिष्कमा रगत जम्ने, हृदयघात हुने जस्ता समस्या हुनसक्छ। मस्तिष्कको रक्तनली फुटेको खण्डमा व्यक्तिमा पक्षघातको जोखिम हुन्छ।

अनि बोसोयुक्त मासु खानाले शरीरमा बोसोको मात्रा बढ्छ। बोसो रगतका धमनीमा जम्ने जोखिम हुन्छ। यसो भयो भने, रक्तप्रवाहमा समस्या भई हृदयघात लगायतको जोखिम हुने चिकित्सक बताउँछन्।

अर्कोतर्फ मासुले ‘कोलेष्ट्रोल’ बढाउँछ। त्यसैगरी उच्च रक्तचाप, सुगर जस्ता समस्या भएस्का व्यक्तिमा मासुले नकारात्मक असर गर्ने वीर अस्पतालका चिकित्सक डा. सुशीलमोहन भट्टराई बताउँछन्।

औषधि सेवन गरिरहेका बिरामीले विशेषतः खानपानमा एकदमै ख्याल गर्नुपर्ने हुन्छ। त्यसैगरी सुगर, रक्तचाप, युरिक एसिड जस्ता समस्या भएका व्यक्तिले खानपानमा ध्यान दिनुपर्ने डा. भट्टराईको सुझाव छ।

सुगरको समस्या भएका बिरामीले गुलियो खानपानबाट पनि जोगिनुपर्ने उनी बताउँछन्। व्यापारिक दृष्टकोणले बनाइएका तथा प्याकेटमा बजारमा पाइने मिठाई जस्ता खानपान सकभर नखान चिकित्सकको सुझाव छ।

त्यसैगरी सुगर, रक्तचाप, कोलेष्ट्रोलको समस्या भएका व्यक्तिले तारेको, भुटेको मासु सकभर खान नहुने डा. शर्मा बताउँछन्। मासुमा नुन कम हालेर, ताजा तथा स्वस्थ तेलमा पकाएर स्वस्थ मासु खान चिकित्सकको सुझाव छ। 

पोलेको मासुले ग्याष्ट्रिक, पेटमा अल्सर, अमिलो पानी आउने, छाती पोल्नेजस्ता समस्या निम्त्याउने चिकित्सकहरू बताउँछन्।

माछा र कुखुरामा जोड
रातो मासु खाने सवालमा सजग हुनुपर्ने चिकित्सक बताउँछन्। विशेषगरी रक्तचाप, सुगर लगायतको स्वास्थ्य समस्या भएका व्यक्तिले रातो मासु खाएको खण्डमा हृदयघातको बढी जोखिम हुन्छ।

रातो र सेतो गरी मासु दुई किसिमका हुने बताउँछन् डा. बाँस्तोला। रातो मासुमा खसी, बोका, राँगालगायतका मासु पर्छन् भने सेतो मासुमा कुखुरा, कालीज, परेवा जस्ता पक्षी र माछाको मासु पर्छन्।

पाको उमेरका व्यक्तिका लागि समेत रातो मासु त्यति लाभदायक मानिँदैन। डा. भट्टराई मासुमा भएको चिल्लो पदार्थ पानीमा बफाएर चिल्लो कम बनाएर पकाएर खान सुझाउँछन्। 

त्यसैले स्वास्थ्यको दृष्टिकोणले खसी, बोका, राँगाको मासुको तुलनामा कुखुरा, माछाको मासु बढी लाभदायक हुने चिकित्सकको मत छ।

कोलेष्ट्रोल, युरिक एसिडजस्ता समस्या भएका व्यक्तिले रातो मासु तथा बोसो र छाला बढी भएको मासु खानु त्यति राम्रो नमानिने डा. शर्मा बताउँछन्। 

युरिक एसिड भएको व्यक्तिले त यस्तो मासु सकभर नखान उनको सुझाव छ। ‘खसीको भन्दा कुखुरा, माछा खानु राम्रो’, डा. आचार्यले भने।

पाको उमेरका व्यक्तिका लागि समेत रातो मासु त्यति लाभदायक मानिँदैन। डा. भट्टराई मासुमा भएको चिल्लो पदार्थ पानीमा बफाएर चिल्लो कम बनाएर पकाएर खान सुझाउँछन्। 

चिल्लो कम गरी झोल लगाएर मासु खानु लभादायक हुने चिकित्सकको सुझाव छ।

मासुसँगै रेसादार खानपान
एकै पटक धेरै खानेकुरा सेवन गर्नु हुँदैन। पटक पटक गर्दै खानुपर्छ। त्यसैगरी माछामासुसँगै हरियो सागसब्जी तथा फलफूल खानुपर्ने हुन्छ। 

डा. शर्माका अनुसार माछामासु खानेले सागसब्जी तथा सलाद छुटाउनै हुँदैन।

पुरानो खाँदेको अचारको सट्टा ताजा अचार खान चिकित्सकको सुझाव छ। अनि दशैंको समयमा छुटाउनै नहुने कुरा व्यायाम हो।

चिकित्सकको मतअनुसार मासुका साथमा हरियो सागपात, दाल तथा फलफूल खानुपर्छ। मासुमा रेसादार तत्त्व नहुने भएकाले सागसब्जी तथा फलफूल नखाई मासु मात्रै खानाले कब्जियतको जोखिम हुन्छ।

हरियो सागपात, मुला, गाँजर, सिमी, इस्कुस, फर्सी, चिचिण्डा, लौका, घिरौंला जस्ता रेसादार तरकारी र दाल खाए कब्जियत जस्ता समस्याबाट बच्न सकिन्छ।

त्यसैगरी दालचिनी, अदुवा, लसुन, ल्वांङ जस्ता मसलामा प्राथमिकता दिनुपर्ने चिकित्सकको सुझाव छ। चिकित्सकको मतअनुसार बढी चिल्लो, मसलायुक्त खाना र पिरोले पेट फुल्ने, वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने जस्ता समस्या निम्तन्छ। 

त्यसैगरी पुरानो खाँदेको अचारको सट्टा ताजा अचार खान चिकित्सकको सुझाव छ। अनि दशैंको समयमा छुटाउनै नहुने कुरा व्यायाम हो।

१८ असोज, २०७९, ०९:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।