तालिबानले अफगानिस्तानमा पाकिस्तानी मुद्रा प्रयोगमा प्रतिबन्ध लगायो 

तालिबानले अफगानिस्तानमा पाकिस्तानी मुद्रा प्रयोगमा प्रतिबन्ध लगायो 

एजेन्सी : तालिवान समूहले अफगानिस्तानमा पाकिस्तानी मुद्राको प्रयोगमा प्रतिबन्ध लगाएको छ।

अफगानिस्तान र पाकिस्तानबीचको सम्बन्धमा तीव्र तनाव उत्पन्न भएसँगै तालिबानले अफगानिस्तानमा पाकिस्तानी रूपैयाँको प्रयोगमा प्रतिबन्ध लगाएको हो।

अफगान समाचार संस्था खामा प्रेसका तालिवान गुप्तचर निकायले अफगानिस्तानमा आर्थिक लेनदेनमा पाकिस्तानी रूपैयाँको प्रयोगलाई पूर्ण रूपमा प्रतिबन्धित गरिएको घोषणा गरेको हो।

यो आदेश तालिबानको सम्पत्ति शुद्धिकरण ‘एन्टी मनी लाउन्ड्रिङ’ शाखाले मनी एक्सचेन्ज एशोसिएशनलाई जानकारी गराएको थियो।

गत वर्षको अगष्टमा तालिवानले सत्ता कब्जा गरेयता दुई देशबीचको सम्बन्धमा विभिन्न कारणले तिक्तता आएको छ, जसमा बढ्दो सीमा सङ्घर्ष र पाकिस्तानमा प्रतिबन्धित तेहरीक–ए–तालिबान पाकिस्तान (टीटीपी) को पुनः उदय पनि समावेश छ।

हालै तालिबानले पाकिस्तानले भूपरिवेष्टित देशमा आफ्नो हवाई क्षेत्र अमेरिकी ड्रोनले प्रयोग गर्न अनुमति दिएको आरोप लगाएको थियो।

अफगानिस्तानमा अमेरिकी हवाई आक्रमणका लागि अनुमति दिएबापत पाकिस्तानले ठूलो रकम प्राप्त गरेको तालिबान समूहले दाबी गरेको छ।

जुलाई ३१ मा, संयुक्त राज्य अमेरिकाले अफगानिस्तानमा एक सटीक प्रतिआतंकवाद आक्रमण गरेको थियो जसमा ओसामा बिन लादेनका सहायक र अल–कायदाका नेताको उत्तराधिकारी अयमान अल–जवाहिरीको मृत्यु भएको थियो।

१७ असोज, २०७९, १९:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।