उकेरा न्युज

निर्वाचनमा करिब २० हजार पर्यवेक्षक हुने


काठमाडौं : आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि स्वदेशी र विदेशी गरी करिब २० हजार पर्यवेक्षक परिचालित हुने भएका छन्।

आयोगले पर्यवेक्षणका लागि गरेको आह्वानअनुसार आवेदन दिई स्वीकृति प्राप्तमध्ये ४३ वटा स्वदेशी संस्थाले पेश गरेका आँकडा अनुमान गर्दा करिब २० हजार पर्यवेक्षक हुने आयोगका सहप्रवक्ता कमल भट्टराईले जानकारी दिए।

विदेशीतर्फ हालसम्म दुईवटा संस्थाले पर्यवेक्षणका लागि अनुमति पाएका छन्। उनले केही संस्थाहरू पर्यवेक्षकलाई शहरी र सुविधा सम्पन्न क्षेत्रमा मात्र नभई दूरदराजका मतदानस्थलमा पनि पर्यवेक्षण गराउने गरी काम भइरहेको बताए।

आयोगले भारत, बङ्गलादेश, भूटान, माल्दिभ्स, पाकिस्तान र श्रीलङ्काका प्रमुख निर्वाचन आयुक्तहरू तथा मतदानको दिन अवलोकनका लागि नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रमुखहरूलाई मतदानको अवलोकनका लागि आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

ज्ञानेन्द्र कार्कीको क्षेत्रमा सुरु भएन रोकिएको गणना, प्रहरी र सशस्त्रको सङ्ख्या अस्वाभाविक

आयोगले मतगणनाको क्रममा ६०६ मत एमालेतर्फ जोडेको कार्की पक्षको माग छ। उनीहरूले पुनः मतगणनाको माग गरिरहेका छन्। केही समययता मतगणना सुरु गर्न राजनीतिक दलबिच सहमतिको....

रविको नागरिकताबारे उजुरी दिने युवराज भन्छन्' निर्वाचन आयोगले उजुरी ढिसमिस पार्‍यो, अब अदालत जान्छु'

रवि लामिछानेको नागरिकता अवैध भन्ने मिडियाबाट थाहा पाएको हुँ। नेपाली नागरिक नभई प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्न नपाउने कानुनी प्रावधानबारे म जानकार छु। यदि उनको....

ब्राउन सुगरसहित झापाबाट चार जना पक्राउ

हिजो बेलुका ईलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा उनीहरूको साथबाट चार ग्राम ब्राउन सुगर बरामद गरेको हो।....

मोरङ र झापामा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु

सो दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक मिक्लाजुङ-७ मधुमल्लाका २५ वर्षीय मनिहाङ लिम्बूको उपचारको क्रममा मदन भण्डारी ट्रमा सेन्टर उर्लाबारीमा मृत्यु भएको हो। सोही दिन बेलुका ६....

पुरानो थिमिमा पिकअप र मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु, एक घाइते

दुर्घटनामा मोटरसाइकल चालक भक्तपुरको क्वाँछेका २८ वर्षिय सिजन फसिकवा र पछाडि सवार भक्तपुर नगरपालिका- ७ का सुनिल ग्वाछा घाइते भएका थिए। दुवैको मध्यपुर थिमि अस्पतालमा उपचार....