समानुपातिक बन्दसूचीबाट उम्मेदवारी फिर्ताको लागि २९ जनाले दिए आवेदन

समानुपातिक बन्दसूचीबाट उम्मेदवारी फिर्ताको लागि २९ जनाले दिए आवेदन

काठमाडौं : राजनीतिक दलहरूले निर्वाचन आयोगमा पेश गरेको समानुपातिकतर्फको संशोधित बन्दसूचीमा सुचीकृत २९ जना उम्मेदवारले उम्मेदवारी फिर्ताको लागि आयोगमा निवेदन दिएका छन्।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनको लागि समानुपातिक बन्दसूचीबाट प्रतिनिधिसभा सदस्यतर्फ ९ र प्रदेशसभातर्फ २० जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिन निवेदन दिएका हुन्।

निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभातर्फ नेपाली कांग्रेस ४, जनता समाजवादी पार्टी ३, नेकपा माओवादी केन्द्र १ र नेकपा एकीकृत समाजवादीबाट १ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन्।

यसैगरी प्रदेशसभातर्फ प्रदेश–१ का ६, मधेश २, बागमती १०, गण्डकी र लुम्बिनीका १–१ जनाले उम्मेदवारी फिर्ता लिएका छन्। आयोगले उम्मेदवारी फिर्ताको लागि सोमबार बिहान १० देखि मध्यान्ह १२ बजेसम्म समय दिइएको थियो।

एमालेबाट परेको सूचीबाट नाम फिर्ता लिने कोही नभएको निर्वाचन आयोगले जनाएको छ।

१७ असोज, २०७९, १८:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।