उकेरा न्युज

राष्ट्रपतिद्वारा पलाञ्चोक भगवती मन्दिरमा दर्शन र पूजा


बनेपा : राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैंको आठौं दिन महाअष्टमीका अवसरमा काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–९ स्थित पलाञ्चोक भगवती मन्दिरमा दर्शन एवं पूजाआजा गरेकी छन्।

राष्ट्रप्रमुखबाट मन्दिरमा दर्शन एवं पूजाआजा गरिने परम्परा बमोजिम राष्ट्रपति भण्डारीले मन्दिरमा पूजाआजा र दर्शन गरिएको हो।

उनी नेपाली सेनाको हेलिकप्टरबाट वीरेन्द्र शान्ति तालिम केन्द्र पाँचखालमा अवतरण गरी बिहान १० बजे मन्दिर परिसर  पुगेकी थिइन्। राष्ट्रपति भण्डारीले करिब १५ मिनेट पलाञ्चोक भगवतीको पूजा र दर्शन गरेकी थिइन्।

जिल्लाको साविक साठीघर भगवती गाविसको पलाञ्चोकमा अवस्थित पलाञ्चोक भगवती मन्दिर शक्तिपीठमध्येको एक हो।

काभ्रेपलाञ्चोकको पाँचखालबाट सात किलोमिटर पूर्वतर्फ रहेको लिच्छवीकालीन राजा मानदेवको पालामा बनेको सो मन्दिर धार्मिक पर्यटनको एक गन्तव्य पनि हो।

यस मन्दिरमा पूजाआजा गर्न आएका दर्शनार्थीको आज भीड लागेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

ज्ञानेन्द्र कार्कीको क्षेत्रमा सुरु भएन रोकिएको गणना, प्रहरी र सशस्त्रको सङ्ख्या अस्वाभाविक

आयोगले मतगणनाको क्रममा ६०६ मत एमालेतर्फ जोडेको कार्की पक्षको माग छ। उनीहरूले पुनः मतगणनाको माग गरिरहेका छन्। केही समययता मतगणना सुरु गर्न राजनीतिक दलबिच सहमतिको....

रविको नागरिकताबारे उजुरी दिने युवराज भन्छन्' निर्वाचन आयोगले उजुरी ढिसमिस पार्‍यो, अब अदालत जान्छु'

रवि लामिछानेको नागरिकता अवैध भन्ने मिडियाबाट थाहा पाएको हुँ। नेपाली नागरिक नभई प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्न नपाउने कानुनी प्रावधानबारे म जानकार छु। यदि उनको....

ब्राउन सुगरसहित झापाबाट चार जना पक्राउ

हिजो बेलुका ईलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा उनीहरूको साथबाट चार ग्राम ब्राउन सुगर बरामद गरेको हो।....

मोरङ र झापामा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु

सो दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक मिक्लाजुङ-७ मधुमल्लाका २५ वर्षीय मनिहाङ लिम्बूको उपचारको क्रममा मदन भण्डारी ट्रमा सेन्टर उर्लाबारीमा मृत्यु भएको हो। सोही दिन बेलुका ६....

पुरानो थिमिमा पिकअप र मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु, एक घाइते

दुर्घटनामा मोटरसाइकल चालक भक्तपुरको क्वाँछेका २८ वर्षिय सिजन फसिकवा र पछाडि सवार भक्तपुर नगरपालिका- ७ का सुनिल ग्वाछा घाइते भएका थिए। दुवैको मध्यपुर थिमि अस्पतालमा उपचार....