दशैं बिदाको अवधिभर काठमाडौं महानगरले निःशुल्क एम्बुलेन्स सेवा दिने

दशैं बिदाको अवधिभर काठमाडौं महानगरले निःशुल्क एम्बुलेन्स सेवा दिने

काठमाडौं: दशैं बिदाको अवधिभर काठमाडौं महानगरपालिकाले निःशुल्क एम्बुलेन्स सेवा दिने भएको छ। दशैं बिदामा प्रायः एम्बुसेन्स सेवा बन्द हुने भन्दै महानगरले निःशुल्क एम्बुलेन्स सेवा दिन थालेको हो।

महानगरले एक सूचना प्रकाशित गरी एम्बुलेन्स सेवाका लागि १०२ तथा डेङ्गु समस्याबारे जानकारी लिन ११८० मा फोन गरेर सेवा लिन सकिने जनाएको छ।

यसैगरी महानगरले हाल काठमाडौंसहित देशैभर डेङ्गु रोग महामारीकै रूपमा फैलिरहेकाले नागरिकको उपचारका लागि स्वास्थ्य सेवा पनि उपलब्ध गराउने जनाएको छ। महानगरले आफ्ना स्वास्थ्य स्वयंसेवक खटाई डेङ्गुबारे जानकारी लिने र बिरामीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइने जनाएको हो।

दशैं बिदा अवधिभरमा महानगरले पाँच सय ५८ स्वयंसेवक खटाउने भएको छ। उनीहरूले महानगरका नागरिकलाई सिटामोल र जीवनजल वितरण गर्ने योजना बनाइएको छ।

१७ असोज, २०७९, ०८:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।