इन्डोनेसियाको रंगशालामा भएको दङ्गामा मृत्यु हुनेको संख्या १७४ पुग्यो

इन्डोनेसियाको रंगशालामा भएको दङ्गामा मृत्यु हुनेको संख्या १७४ पुग्यो

एजेन्सीः इन्डोनेसियामा फुटबल खेलको क्रममा भएको दङ्गा भागदौडमा परिणत हुँदा आइतबार मृत्यु हुनेको संख्या १७४ पुगेको छ।

स्थानीय समयानुसार आइतबार बिहान ९ः३० बजे मृतककाे संख्या १५८ पुगेकोमा १०ः३० बजे यो सङ्ख्या बढेर १७४ पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएकाे छ।

इन्डोनेसियाली प्रहरीलाई उद्धृत गर्दै विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले बताएअनुसार खेलका क्रममा एक खेलका पक्षधरले आफ्नो पक्षको हार सहन नसक्दा यस्तो घटना भएको थियो।

इन्डोनेसियाको पूर्वी जाभा प्रान्तका प्रहरी प्रमुख निको अखिन्ताले दिएको समाचारमा खेलमा हार खाएको एक पक्षका समर्थकहरुले हार सहन नसकेर हिंसा मच्चाएका थिए।

त्यसपछि त्यहाँ जम्मा भएको भीडमा भागदौड पनि मच्चिएको थियो। भागदौडमा परेर करिब दुई सय जना घाइते पनि भएकाे समाचारमा उल्लेख छ। हार्ने पक्षका समर्थकहरूले पिचमा आक्रमण गरेका थिए।

त्यसलगत्तै प्रहरीले पनि भीड नियन्त्रण गर्नका लागि अश्रुग्यास प्रहार गरेको थियो। प्रहरीले अश्रुग्यास हानेपछि सो खेल हेर्न त्यहाँ जम्मा भएका भिडका बीचमा भागदौड भएको थियो। धेरै जसो मानिस भागदौडमा परेर ज्यान गुमाएका थिए।

१६ असोज, २०७९, १७:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।