नेपाल बाहिर

अमेरिकामा इयान आँधीबाट मृत्यु हुनेको संख्या २१ पुग्यो


एजेन्सी : दक्षिण क्यारोलिनाको तटमा आएको इयान आँधीले शुक्रबार सम्म फ्लोरिडामा मृत्यु हुनेको सङ्ख्या २१ पुगेको छ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले यो आँधी ‘राष्ट्रको इतिहासमा सबैभन्दा खराब मध्येको एक हुनसक्छ’ भन्दै यसबाट भएको विनाशको पुनर्निर्माण गर्न महिनौं वा वर्ष लाग्ने बताएका छन्।

शक्तिशाली आँधीले बुधबार दक्षिण–पश्चिम फ्लोरिडाका थुप्रै घरहरू ध्वस्त पारेको छ भने बिजुली प्रवाह अवरुद्ध भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

चामल अभाव हुने डर हटेपछि भारतले हटायाे निर्यातमा लगाएकाे प्रतिबन्ध

महाननिर्देशनालयले पर्याप्त आन्तरिक आपूर्ति सुनिश्चित गर्न तथा हिउँदे बालीको याममा चामलको कम उत्पादन हुने आशङ्कामा जैविक गैर–बासमती चामललगायत अन्य चामलको निर्यातमा प्रतिबन्ध लगाएको थियो।  वैदेशिक....

५८ वर्षीय एक पुरुषले जानाजान खाए १८७ वटा सिक्का

जब डाक्टरहरुले पत्याएनन् तब उनीहरुले एन्डोस्कोपी गरे र त्यसपछि थाहा भयो कि ती सिक्का ती व्यक्तिले आफैं निलेका थिए। डाक्टरले एन्डोस्कोपी गरेर ग्यास्ट्रोटोमी शल्यक्रिया गरेर....

क्यामरुनमा मृत्यु संस्कारका लागि जम्मा भएकाहरू पहिरोमा परे: १४ जनाको मृत्यु, केही बेपत्ता

क्यामरुनको यस क्षेत्रमा पछिल्लो समयमा बाढी र पहिरोको प्रकोप बढेको बताइएको छ। यस क्षेत्रका नागरिकको मुत्यु संस्कारका क्रममा जम्मा भएका नागरिक पहिरोमा परेका थिए। त्यस....

संसारको एउटा यस्तो गाउँ जहाँ साँझमा मानिसको निद्रा हराउँछ

पोस्टका अनुसार यस गाउँको नाम कुल्लरपुर (कुल्लरपुर, अम्बाला) हो। यहाँ साँझपख मानिसको निन्द्रा हराउँछ। किनभने अनौठो कीराको डरले यहाँ मानिसहरूको दिमाग घुम्न थाल्छ।....

उत्तर कोरियालाई विश्वकै शक्तिशाली आणविक शक्ति बनाउने किम जोङ उनको दावी

किमले ह्वासोङ–१७ को सफलताका लागि १०० भन्दा बढी सम्बन्धित अधिकारी र वैज्ञानिकलाई पदोन्नति पनि गरेका छन्। नयाँ आईसीबीएमलाई ‘विश्वको सबैभन्दा बलियो रणनीतिक हतियार’ भन्दै किमले....