‘नेपालमा मृत्युको पहिलो कारण मुटुरोग’

‘नेपालमा मृत्युको पहिलो कारण मुटुरोग’

काठमाडौं : विज्ञहरूले नेपालमा मृत्युको पहिलो कारण मुटुरोग देखिएको बताएका छन्।

राजधानी काठमाडौंमा भएको कार्यक्रममा विज्ञहरूले नेपालमा मृत्यु हुनेमध्ये अधिकांशमा मुटुरोग देखिएको बताएका हुन्।

शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणी अधिकारि नेपालमा मुटुरोगबारे विस्तृत अध्ययन नभएको र मुटुको हेरचाहमा समेत ख्याल नगरिएकाले यस्तो देखिएको बताए।

‘नेपालमा मृत्युको नम्बर एक कारण मुटुरोग नै हो,’ उनले भने, ‘तर, नेपालमा यसबारे विस्तृत अध्ययन भइरहेको छैन।’

केन्द्रको तथ्यांकअनुसार भर्ना भएका मुटुरोगीमध्ये करिब ५० प्रतिशत हृद्यघात मुटुरोगी अस्पताल भर्ना हुने गरेका छन्। नेपालमा हृद्यघात मुटुरोगीको संख्या दिनप्रतिदिन बढिरहेको उनले बताए।

डा. अधिकारीको पछिल्लो समय युवाहरूलाई हृद्यघात भइरहेको बताए। पहिलाको तुलनामा अहिले यो संख्या बढेको भन्दै उनले २०१८ मा गरिएको अध्ययनअुनसार हृद्यघात भएर अस्पताल पुगेका बिरामीमध्ये करिब १२ प्रतिशत बिरामी ४५ वर्षभन्दा कम उमेरको पाइएको बताए।

४५ वर्षभन्दा कमका मानिसमा देखिएको मुटुरोग हुनुलाई सामान्य रूपमा लिन नसकिने उनको भनाइ छ।

कार्यक्रममा विज्ञहरूले नेपालमा नै मुटुको उपचार सम्भव रहेको बताएका छन्। सन् २०२१ मा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा एक हजार तीन सय ७७ जनाको मुटुको विभिन्न शल्यक्रिया गरिएको थियो।

१५ असोज, २०७९, १०:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।