पाकिस्तान–इंग्ल्याण्ड टी–ट्वान्टी सिरिज रोमाञ्चक मोडमा, अन्तिम टुंगो आइतबार लाग्ने

पाकिस्तान–इंग्ल्याण्ड टी–ट्वान्टी सिरिज रोमाञ्चक मोडमा, अन्तिम टुंगो आइतबार लाग्ने

काठमाडौं : पाकिस्तान भ्रमणमा रहेको इंग्ल्याण्डले छैटौं टी–२० खेलमा जित हात पारेपछि ७ खेलको टी–२० सिरिज ३–३ को रोमाञ्चक मोडमा पुगेको छ।

लाहोरमा टस हारेर पहिलो ब्याटिङ गरेको पाकिस्तानले पहिलो ब्याटिङ गर्दे ६ विकेट गुमाएर १६९ रन बनायो। जवाफमा इंग्ल्याण्डले उक्त लक्ष्य १४.३ ओभरमा नै २ विकेट गुमाएर पूरा गर्दै सिरिजलाई बराबरीमा ल्यायो।

घरेलु टोली पाकिस्तानका लागि कप्तान बाबर अजामले सानदार ब्याटिङ गरे पनि अन्य ब्याटरले गतिलो प्रदर्शन गर्न सकेनन्।

अजामले ५९ बलमा ७ चदका र ३ छक्काको सहयोगमा ८७ रनको अविजित इनिङ खेलेका थिए। त्यस्तै इफ्तिखर अह्मेदले ३१ रन बनाउँदा हैदर अलीले १८ रन जोडे। थप दोहोरो स्कोरका रूपमा मोहम्मद नवाजले १२ रन रह्यो।

१७० रनको विजयी लक्ष्य लिएर मैदान उत्रिएको इंग्ल्याण्डले उत्कृष्ट प्रदर्शन गर्दै ३३ बल अगाडिनै लक्ष्य पूरा गर्यो। उसका लागि ओपनर फिल साल्टले ८८ रन बनाउँदा एलेक्स हेल्सले २७ तथा डेभिड मलानले २६ र बेन डुकेटले २६ रनको अविजित इनिङ खेले।

पाकिस्तानका लागि सादव खानले २ विकेट लिएका थिए।

अन्तिम तथा  अब सिरिजको टुंगो लगाउने खेल आइतबार लाहोरमा हुनेछ।

१५ असोज, २०७९, ०९:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।