विवाहको दुई महिनाअघि बेहुला पक्षले माग्यो दाइजो, बेहुलीले गरिन् आत्महत्या

विवाहको दुई महिनाअघि बेहुला पक्षले माग्यो दाइजो, बेहुलीले गरिन् आत्महत्या

काठमाडौं : भारतको उत्तर प्रदेशमा विवाहको तयारीमा रहेकी एक युवतीमा आत्महत्या गरेकी छन्।

दुई महिनापछि विवाह पक्का भएकोमा बेहुलाले दाइजो मागेपछि छोरीले तनावमा आएर आत्महत्या गरेको युवतीको पिताले बताए। विष सेवन गरेकी उनलाई उपचारको लागि अस्पताल भर्ना गरिए पनि बचाउन नसकिएको हो।

जानकारीका अनुसार नरैनी कोलवालीको पनगरा गाउँकी युवतीको विवाह डिसेम्बरमा मध्यप्रदेशमा हुनेवाला थियो। युवतीले पिताले केटा पक्षका कारण छोरीले विष सेवन गरेको आरोप लगाएका छन्।

घटनाको जानकारीपछि प्रहरीले युवतीको शव नियन्त्रणमा लिएर पोस्टर्माटमका लागि पठाएको छ। दाइजो नदिएको भन्दै केटाको परिवारले अनावश्यक रूपले बदनाम गने धम्की दिइरहेका युवतीका बुवाले बताए। उनले आफूहरूसँग फोन रेकर्डिङ्ग पनि रहेको बताए।

१४ असोज, २०७९, २२:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।