चुनावको मुखैमा दुई नेताले छाडे बादल समूह, माओवादी केन्द्रमै प्रवेश

चुनावको मुखैमा दुई नेताले छाडे बादल समूह, माओवादी केन्द्रमै प्रवेश

काठमाडौं : चुनावको मुखैमा सल्यानका दुई एमाले नेता माओवादी केन्द्रमा प्रवेश गरेका छन्।

एमाले कर्णाली प्रदेश कमिटीका सदस्य नेपबहादुर कुँवर र तिलक मल्ल माओवादीमा प्रवेश गरेका हुन्।

दुवै पूर्वमाओवादी नेताहरूलाई अध्यक्ष प्रचण्डले शुक्रबार पार्टीमा स्वागत गरेका छन्।

उनीहरू तत्कालीन नेकपा विभाजनपछि बादल समूहसँगै एमालेमा रहेका थिए। कुँवर माओवादी जनमुक्ति सेनाका कमाण्डरसमेत थिए।

पार्टी प्रवेश कार्यक्रममा माओवादी नेताहरू मात्रिका यादव, टेकबहादुर बस्नेत, रमेश मल्ललगायत थिए।

१४ असोज, २०७९, १९:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।