सात कराेडकाे लागतमा संग्रहालय बनाइयाे देवकाेटाले १० वर्ष विताएकाे कविकुञ्ज, एक वर्षसम्म निःशुल्क प्रवेश

सात कराेडकाे लागतमा संग्रहालय बनाइयाे देवकाेटाले १० वर्ष विताएकाे कविकुञ्ज, एक वर्षसम्म निःशुल्क प्रवेश

काठमाडौंः काठमाडौं महानगरपालिका–३० मैतीदेवीस्थित कविकुञ्जलाई संग्रहालय बनाइएको छ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाले जीवनका महत्वपूर्ण १० वर्ष बिताएको कविकुञ्ज (देवकोटाको घर)लाई पुरानै स्वरूपमा निर्माण गरी नेपाल प्रज्ञा प्रतिष्ठानले सङ्ग्रहालयका रूपमा स्थापित गरेको हो।

सात करोड ११ लाख रूपैयाँको लागतमा निर्माण भएको महाकवि देवकोटाका पोशाक, पाण्डुलिपिसहित प्रकाशन भएका कृतिलगायत चिजबिज सङ्ग्रह गरिएको छ।

महाकवि देवकोटाका चिजबिज हुनेलाई प्रतिष्ठानमा बुझाउन पनि आह्वान गरिएको छ। साहित्यिक व्यक्तिका नाममा प्रतिष्ठानले बनाएको यो पहिलो सङ्ग्रहालय हो। विश्वमा प्रतिभाका निवासलाई तिनका स्मृतिमा सङ्ग्रहालय बनाउने अभ्यास छ।

असोज २३ गतेदेखि सर्वसाधारणका लागि खुला गरिने सङ्ग्रहालय व्यवस्थापनका लागि प्रतिष्ठानले पाँच जना कर्मचारी खटाएको छ। एक वर्षसम्म सङ्ग्रहालय प्रवेश शुल्क नलिने नीति पनि प्रतिष्ठानले लिएको प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले जानकारी दिए।

सङ्ग्रहालय शुभारम्भसँगै परिसरमा महाकवि देवकोटाको पूर्ण कदको सालिक पनि अनावरण भएको छ। सङ्ग्रहालयभित्र महाकवि देवकोटा श्रव्यदृश्य कक्ष पनि स्थापना गरिएको छ।

१४ असोज, २०७९, १८:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।