प्रेम गीत-३ ले एक सातामा १६ करोड व्यापार गरेको निर्माताको दाबी

प्रेम गीत-३ ले एक सातामा १६ करोड व्यापार गरेको निर्माताको दाबी

काठमाडौँ : फिल्म 'प्रेम गीत ३' का निर्माताको दाबी अनुसार फिल्मले एक साताको अवधिमा १६ करोडको व्यापार गरेको छ।

फिल्मका निर्माता तथा निर्देशक सन्तोष सेनले फेसबुकमार्फत सार्वजनिक गरेको विवरणमा एक सातामा ७ करोड ९६ लाख रुपैयाँ कमाएको हो।

नेपालमा २ करोड ५ लाखमा ओपनिङ गरेको फिल्मले दोस्रो दिन शनिवार २ करोड २२ लाख, तेस्रो दिन आइतबार ९५ लाख ५० हजार, चौथो दिन सोमबार १ करोड १५ लाख, पाँचौँ दिन मङ्गलवार ६५ लाख, छैटौँ दिन बुधवार ६१ लाख र सातौँ दिन बिहीबार ५३ लाखको व्यापार गरेको उनको दाबी छ।

नेपाली भाषामा शुक्रवार रिलिज भएको फिल्मको हिन्दी डब भने सोमबार रिलिज भएको थियो।  फिल्मले भारतमा ३ करोड ४४ लाख कमाइ गरेको सेनको दाबी छ। नेपाल र भारतबाहेक अन्य देशबाट ६ करोड २१ लाख कमाएको उनको दाबी छ।

उनले उल्लेख गरेको व्यापार अनुसार एक सातामै फिल्मले १६ करोड बढिको ग्रस कलेक्सन गरेको देखिन्छ। निर्माण टिमले फिल्म सुपर हिट भएको दाबी गरिसकेका छन्।

फिल्ममा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापा, माओत्से गुरुङ, पुष्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी लगायतको अभिनय रहेको छ।

१४ असोज, २०७९, १७:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।