बुटवलको ‘दशैं सस्तो बजार’मा २ करोड २५ लाखको कारोबार

बुटवलको ‘दशैं सस्तो बजार’मा २ करोड २५ लाखको कारोबार

बुटवल : असोज १० गतेदेदि बुटवलमा सञ्चालित ‘दशैं सस्तो बजार’मा २ करोड २५ लाखको कारोबार भएको छ।

पाँच दिन सञ्चालन भएको दशैं सस्तो बजारमा १२ हजार उपभोक्ताले २ करोड २५ लाख रूपैयाँभन्दा बढीको कारोबार गरेको आयोजक बुटवल उद्योग वाणिज्य संघ रूपन्देहीले जनाएको छ।

दैनिक उपभोग्य सामानको ३२ वटा स्टल राखिएको बजारमा नयाँ नोटको सहटी समेत गरिएको संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले जानकारी दिए।

उनका अनुसार ग्लोबल आइएमई बैंकको सहजीकरणमा नेपाल राष्ट्र बैंकका उपलब्ध गराएको १ करोड ५० लाख नयाँ नोट सहटी गरेको र दैनिक उपभोग्य बस्तुको ७५ लाखको कारोबार भएको दशैं सस्तो बजारका संयोजक, संघका कार्यसमिति सदस्य कुलप्रसाद श्रेष्ठ (कृष्ण)ले बताए।

बजारमा लायन्स क्लव अफ बुटवल युथले गराएको निःशुल्क मधुमेह परीक्षण शिविरमा १ हजार ५ सय जनाले मधुमेह परीक्षण गराएका थिए।

१४ असोज, २०७९, १७:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।