लाल मोहम्मदको हत्या आरोपमा प्रहरीले १९ वर्षदेखि २१ वर्षका तीन जना सार्वजनिक गर्‍यो

लाल मोहम्मदको हत्या आरोपमा प्रहरीले १९ वर्षदेखि २१ वर्षका तीन जना सार्वजनिक गर्‍यो

काठमाडौँ : लाल मोहम्मदको हत्याको योजनाकार र हतियार ब्यवस्थापन र निगरानी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको तीन जनालाई प्रहरीले सार्वजनिक गरेको छ। काठमाडौँका एसएसपी भरत बोहोराले अनुसन्धानका विविध विधि अपनाएर भएको अनुसन्धानमा उनीहरू पक्राउ परेको जानकारी दिए।

पक्राउ पर्ने २ जना वीरगन्जका हुन् भने एक जना मकवानपुरकी हुन्। प्रहरीले शुक्रवार पर्साका २१ वर्षीय मोहरम मियाँ , रेहान मियाँ र १९ वर्षकी स्वस्तिका स्याङतानलाई पक्राउ सार्वजनिक गरेको हो।

महोरम योजनाकार र हतियार व्यवस्थापनमा संलग्न रहेको, मिया हतियार व्यवस्थापनमा संलग्न रहेको र स्याङतानले लाल मोहम्मदको दैनिक गतिविधिको निगरानी गर्ने गरेको प्रहरीले सार्वजनिक गरेको हो।

स्याङतान यस अगाडि लागु औषध मुद्दामा केन्द्रीय कारागारमा कैद भुक्तान गरेर रिहा भएको प्रहरीले सार्वजनिक गरेको हो। 

प्रहरीले पक्राउ परेकाहरू कसरी घटनामा संलग्न रहे र उनीहरू कसरी भारतीय अपराधीहरूको सम्पर्कमा पुगे लगायतका घटनासँग सम्बन्धित विस्तृत विवरण भने सार्वजनिक गरेन।

पत्रकार सम्मेलनमा प्रहरीले हत्याको कारण समेत खुलाएको छैन। प्रहरीले घटनाका आरोपीहरू पक्राउ परेपछि काठमाडौँ जिल्ला अदालतमा पेस गरेर अनुमति लिएको र अब विस्तृत विवरण पक्राउ परेकाहरुसँगको बयानपछि मात्र खुल्न सक्ने बताएको थियो।

१४ असोज, २०७९, १६:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।