बियरको बोत्तलले हानेर आफ्नै छोराको हत्या गरेको अभियोगमा पक्राउ   

बियरको बोत्तलले हानेर आफ्नै छोराको हत्या गरेको अभियोगमा पक्राउ   

बर्दिया : आफ्नै छोराको हत्या अभियोगमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ।

२० वर्षीय विवेक चौधरीको हत्या अभियोगमा बारबर्दिया नगरपालिका–११ विजयनगर बस्ने ४५ वर्षीय लौरंगलाल थारूलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो।

लौरंलालले बुधबार फुटेको बियरको बोतलले पेटमा प्रहार गर्दा गम्भीर घाइते भएका विवेकको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

घटनापश्चात फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले गुलरिया नगरपालिका–११ ईन्द्रपुरमा लुकिछिपी हिँडिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

१४ असोज, २०७९, १५:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।