एनसेलको दशैं अफर : ५९९ रूपैयाँमा ६० जीबी डेटा

एनसेलको दशैं अफर : ५९९ रूपैयाँमा ६० जीबी डेटा

काठमाडौं : चाडबाडको समयमा एनसेलले ‘होम एन्ड अवे डेटा प्याक’ अफर सञ्चालनमा ल्याएको छ।

दशैं, तिहार र छठ पर्वको अवसरमा ल्याइएको प्याकमा ग्राहकले ५९९ रूपैयाँमा ३० जीबी होम डेटा र ३० जीबी अवे डेटा गरि कुल ६० जीबी डेटा पाउनेछन्।

प्याकमा भएको ३० जीबीको होम डेटा ग्राहकले घरमा रहँदा प्रयोग गर्नका लागि पाउँछन् भने ३० जीबीको अवे डेटा घर बाहिर जहाँ पनि चलाउन सक्छन्।

यो प्याक अन्तर्गत डेटा चलाउनका लागि ग्राहकले जुन स्थानमा रहि यो प्याक सुचारु गर्दछ त्यही स्थानलाई होम लोकेसन मानिन्छ र अन्य स्थानलाई अवे लोकेसन मानिन्छ। 

ग्राहकले आफ्नो आवश्यकता अनुसार आफ्नो होम प्याकको स्थान परिवर्तन पनि गर्न सक्छन्। यो प्याक सुचारु भएपछि २८ दिनको लागि मान्य रहन्छ।

प्याक सुचारु गर्न *१७१२३*३०# डायल गर्नृुपर्नेछ।

१४ असोज, २०७९, १५:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।