बागमती प्रदेशका पाँच जिल्लाका यी सडकमा टाइम कार्ड लागू (सूचीसहित)

बागमती प्रदेशका पाँच जिल्लाका यी सडकमा टाइम कार्ड लागू (सूचीसहित)

काठमाडौं : दुर्घटनालाई न्यूनीकरण गर्न तथा सवारीको गति नियन्त्रण गर्न बागमती प्रदेशका पाँच जिल्लामा टाइम कार्ड लागू गरिएको छ।

सिन्धुली जिल्ला हुँदै जाने वीपी राजमार्गस्थित भिमानदेखि नेपालथोक दुम्जासम्ममा पहिलेदेखिनै टाइमकार्ड लागू भएकोमा चाडपर्वलाई लक्षित गरी थप मकवानपुर, चितवन, धादिङ र काभ्रे जिल्लाका प्रमुख राजमार्गमा शुक्रबारदेखि लागू भएको हाे।

शुक्रबारदेखि मुग्लिङ–नारायणगढ खण्ड, पुर्व–पश्चिम राजमार्गको चुरियामाई हेटौंडादेखि चितवनसम्म, त्यसैगरी पृथ्वी राजमार्गको खानीखोला धादिङदेखि मझिमटारसम्म, अरनिको राजमार्गको धुलिखेल दोलालघाटसम्म र वीपी राजमार्गको मंगलटारदेखि काभ्रेमञ्ज्याङसम्म टाइमकार्ड लागू गरिएको हो।

१४ असोज, २०७९, १५:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।