कोरोना अपडेट : ६३ थपिए, १०३ संक्रमणमुक्त

काठमाडौं : नेपालमा थप ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा गरिएको २ हजार ५३५ नमूना परीक्षणमा ६३ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यस अवधिमा १ सय ३ जना संक्रमणमुक्त हुँदा देशभर १ हजार ४ जना सक्रिय संक्रमित छन्।
कोरोनाकै कारण पछिल्लो २४ घण्टामा ज्यान गुमाउनेको संख्या शून्य रहेको छ।
१४ असोज, २०७९, १५:०९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।