उकेरा न्युज

दुर्घटना न्यूनीकरणका लागि दशैंकाे मुखमै प्रहरीलाई ४० थान ब्रेथलाइजर हस्तान्तरण


काठमाडौं:  विश्‍व स्वास्थ्य संगठन नेपाल शाखा र नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको संयुक्त सहयोगमा आज नेपाल प्रहरीलाई  ४० थान ब्रेथलाइजर हस्तान्तरण गरिएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा शुक्रबार आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दास र विश्व स्वास्थ्य संगठन नेपाल शाखाका प्रतिनिधि डा. एलिसनले संयुक्त रूपमा नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका निमित्त प्रमुख, प्रहरी नायव महानिरीक्षक बसन्त बहादुर कुँवरलाई ब्रेथलाइजर हस्तान्तरण गरेका हुन्।

दशैं तिहार छठ लगायतका ठुला पर्वहरूमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने सवारी चालकलाई ध्यानमा राखी दुर्घटना न्यूनीकरण गर्न ४० थान ब्रेथलाइजर र ब्रेथलाइजरमा प्रयोग हुने आवश्यक उपकरण २४ हजार थान सामाग्री हस्तान्तरण गरिएको हो।

सवारी साधनको बढी भीडभाड हुने स्थानमा रहेका ट्राफिक प्रहरी कार्यालयमा ब्रेथलाइजर वितरण गरिने प्रहरी नायव महानिरीक्षक वसन्त बहादुर कुँवरले बताए।

चालकले मादक पदार्थ सेवन गरे/नगरेको परीक्षण गरी सवारी दुर्घटना न्यूनिकरण गर्नका लागि, ब्रेथलाइजरको मुख्य भूमिका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

पुल बनाउन खनेको खाल्डोमा मोटरसाइकल खस्दा दुई जना घाइते, एकको अवस्था गम्भीर

घाइते दुवैको उपचार नेपालगञ्जमा भइरहेको छ। घाइतेमध्ये ठकुरीको अवस्था गम्भीर छ। नेपालगञ्जबाट गुलरीयातर्फ जाँदै गरेको भे३प ४०९० नम्बरको मोटरसाइकल गए राति पौने ११ बजे पुल बनाउन....

१६१ सिटको टुङ्गो लाग्दा संसद्मा महिलाको सङ्ख्या नौ, दलित समुदायबाट जम्मा एक जना

प्रतिनिधि सभामा अहिलेसम्मको १६१ सिट पाँच प्रतिशत अर्थात् नौ जना मात्रै महिला निर्वाचित भएका छन्। नेपाली कांग्रेसबाट एक, एमालेबाट चार, माओवादी केन्द्रबाट एक, राष्ट्रिय स्वतन्त्र....

स्याङ्जा- २: धनराज गुरुङभन्दा ११ मतले पद्मा अर्याल अगाडि

यसैबीच हालसम्मको गणनामा एमालेकी सचिव पद्मा अर्याल नै अगाडि देखिएकी छिन्। उनले दुई हजार ९२० मत ल्याएकी छिन्। यस्तै कांग्रेसका उपसभापति धनराज गुरुङले दुई हजार....

दोलखाको १० मतदान केन्द्रमा पुनः मतदान सुरु

उक्त मतदान केन्द्रका चार बुथमा आठ हजार पाँच सय १४ मतदाता रहेका उनले जानकारी दिए। निर्वाचन आयोगको यही मङ्सिर ११ गते बसेको बैठकले दोलखाको वैत्यश्वर....

गाउँपालिकाको बैठक सकेर फर्कँदै गर्दा हृदयघात भई वडाध्यक्षको निधन

बुधबार गाउँपालिकाको बैठक सकेर फर्किने क्रममा ६५ वर्षीय जोशी बाटोमा एक्कासि बेहोस भएर ढलेको पूर्वीचौकी–४ का वडाध्यक्ष बलबहादुर खड्काले जानकारी दिए। उनको उपचारका लागि अस्पताल ल्याउँदै....