पाँच हजार नक्कली नोटसहित एक जना पक्राउ

पाँच हजार नक्कली नोटसहित एक जना पक्राउ

सिरहाः जिल्लामा पाँच हजार नक्कली नोटसहित एक पुरुष पक्राउ परेका छन्।

कल्याणपुर नगरपालिका–११ स्थित बजारबाट १ हजार दरको ५ थान नक्कली नोट सहित सोही नगरपालिका–१० बस्ने ३९ वर्षीय जिवछ कामतीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो।

ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले उनलाई उक्त नक्कली नोट सहित फेला पारी पक्राउ गरेको हो।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

१४ असोज, २०७९, १४:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।