शुक्रबार बढ्यो सुनको मूल्य, चाँदी स्थिर

शुक्रबार बढ्यो सुनको मूल्य, चाँदी स्थिर

काठमाडौं: नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। आज सुन तोलामा दुई सय रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार रुपैयाँ कायम भएको छ। यस्तै तेजाबी सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँ कायम भएको छ।

आज चाँदीको मूल्य भने स्थिर छ। आज चाँदी तोलामा एक हजार १७० रुपैयाँ कायम छ।

१४ असोज, २०७९, १३:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।