गुलरियामा ट्र्याक्टरले किच्दा ५ वर्षका बालकको मृत्यु

गुलरियामा ट्र्याक्टरले किच्दा ५ वर्षका बालकको मृत्यु

बर्दिया: गुलरिया नगरपालिका- ९ मथुरामा आज ट्र्याक्टरले किच्दा एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय रामदयाल लोधका ५ वर्षीय छोरा उमेश लोध रहेका छन्।

मकैबारी जोत्ने क्रममा खेलिरहेका बालकलाई ट्र्याक्टरले आज बिहान ९ बजे किचेको थियो। गम्भीर घाइते भएका बालकको उपचारको क्रममा नर्सिङ होम नेपालगञ्जमा मृत्यु भएको हो।

ट्र्याक्टर चालक फरार भएकाले खोजी भइरहेको ईलाका प्रहरी कार्यालय मथुराले जानकारी दिएको छ।

१४ असोज, २०७९, १३:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।