सोमालियामा सेनाको कारबाहीमा परी ४० आतङ्ककारी मारिए

सोमालियामा सेनाको कारबाहीमा परी ४० आतङ्ककारी मारिए

एजेन्सी: सोमालियाको सेनाले गरेको कारबाहीमा परी अल सेबाब आतङ्ककारी सङ्गठनका ४० जना आतंककारीको मृत्यु भएको छ।सोमालियाली सेनाले मध्य क्षेत्रीय हिरान क्षेत्रमा गरेको कारबाहीका क्रममा ती लडाकाहरू मारिएका हुन्।

सो कारबाहीका क्रममा अल सेबाब समूहका एक जना कमाण्डर पनि मारिएका छन्। त्यसक्रममा अल सेबाब आतङ्ककारी सङ्गठनका कैयौँ हातहतियार पनि कब्जा गरिएको बताइएको छ।

हिरान क्षेत्रमा अल सेबाबका लडाकाहरुले विगत लामो समयदेखि आतङ्क मच्चाइरहेका र सोही सूचनाका आधारमा उनीहरुमाथि सेनाले कारबाही थालेको बताइएको छ।

१४ असोज, २०७९, १३:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।