स्थानीय सरकार

बञ्चरेडाँडाको विकल्पमा काठमाडौंको कुहिने फोहोर फाल्न तीन स्थान पहिचान


काठमाडौं: काठमाडौं महानगरपालिकाले कुहिने फोहर काठमाडौं उपत्यकामा नै व्यवस्थापन गर्न स्थान पहिचानको काम गरिरहेको छ। सबै किसिमका फोहर बञ्चरेडाँडा पुर्‍याउँदा पटक–पटक समस्या सिर्जना भएकाले आगामी दिनमा प्रभावकारीरूपमा फोहरको दीर्घकालीन समाधानका लागि स्थान पहिचानको काममा लागेको महानगरले जनाएको छ।

बञ्चरेडाँडामा हानिकारक फोहर व्यवस्थापन नगर्ने योजनाअनुरूप महानगरले यस किसिमको अभ्यास सुरु गरेको हो। महानगर प्रमुखको सचिवालयका सदस्य सुनिल लम्सालले भने, “उपत्यकामा तीन स्थानको पहिचान भएको छ। बीचमा केही अवरोध नआए आगामी मङ्सिरदेखि उक्त कामको थालनी हुनेछ। त्यस विषयमा सम्बन्धित स्थानका स्थानीयसँग छलफल भइरहेको छ।”

फोहर व्यवस्थापन गर्न एउटा ठाउँमा कम्तीमा ५० रोपनी जग्गा आवश्यक पर्नेछ। हाल महानगर र अन्य १७ स्थानीय तहसहित उपत्यकाको १८ स्थानीय तहको फोहर अन्तिम व्यवस्थापनका लागि बञ्चरेडाँडा लैजाने गरिएको छ। यो नै उपयुक्त विकल्प नभएकाले कुहिने फोहरलाई उपत्यकामा नै र नकुहिनेलाई अन्तिम व्यवस्थापनका लागि उक्त स्थानमा लैजान स्थान पहिचान गरिरहेको हो। 

अन्य सम्भावित स्थानको पहिचान गर्ने कार्य जारी छ। हालसम्म उपलब्ध भएका जग्गा ५० रोपनीदेखि एक सय ५० रोपनीसम्म छ।

यसअघि विगत १६ वर्षदेखि उपत्यकाको १८ स्थानीय तहको फोहर नुवाकोटको सिसडोलमा व्यवस्थापन गरिँदै आएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

बाइसधारामा आजदेखि इ–टिकेटिङ, उपप्रमुखले गरिन् शुभारम्भ

काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले आगन्तुकका लागि विद्युतीय टिकट काटेर सेवा सुरू गरेकी हुन्।

गुल्मीमा खरको छाना अब इतिहास बन्दै, आठ हजार घरमा जस्तापाता छाउने काम जारी

पानी पर्दा चुहिने डर, आगलागीमा पनि उत्तिकै डर हुने खरको छानोका कारण गुल्मीका विपन्न परिवारले यसअघि थुप्रै रात पीडामै बिताउँथे। केही वर्ष पहिले पनि जिल्लाको मुसिकोट नगरपालिका–४ दजाकोटमा....

महानगर प्रमुख साह र जर्मन राजदूत प्रिन्सबीच शिष्टाचार भेट

राजदूत प्रिन्सले फोहोर व्यवस्थापनमा जर्मन सरकारले गरेको सहयोगको चर्चा गर्दै अहिलेको अवस्थामा बारे जानकारी लिन खोजेपछि साहले योजना सुनाएका थिए।  ‘फोहोर व्यवस्थापनका लागि धेरै प्रविधि....

विराटनगर महानगरपालिकाको प्रतीक चिह्न बनाउनुस् एक लाख पुरस्कार पाउनुस्

इच्छुक व्यक्ति वा संस्थाले लोगोको डिजाइन हुलाक वा महानगरको इमेलमा पठाउन सक्नेछन्। मङ्सिर १८ गतेसम्म प्राप्त लोगोको डिजाइनलाई छनोट प्रक्रियामा सामेल गरिने महानगरका प्रमुख प्रशासकीय....

आफूमाथि टिप्पणी गरेपछि ओलीमाथि हर्कको कटाक्ष– ‘कठै बरा... गफाडी !’

सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘उभिएर भाषणसम्म गर्न नसक्नेले हर्क साम्पाङलाई चुनौती दिएर गएछ१ कठै बरा... गफाडी ! उसको घरको उसको व्यक्तिगत कमाइजस्तो गर्दो....