गगन भन्छन्' पार्टीमा विद्रोह गर्ने बेला भयो

गगन भन्छन्' पार्टीमा विद्रोह गर्ने बेला भयो

काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीमा विद्रोह गर्ने बेला भएको बताएका छन्।

काठमाडौँ क्षेत्र नम्बर ४ मा आयोजित कार्यक्रममा उनले राजनीतिको प्राथमिकतामा चुनाव सरकार बनाउने मात्रै भएको बताए।

'पार्टी किन बनाएको ? आन्दोलन किन गरेको? यत्रो लडेर ल्याएको व्यवस्था के भयो?
बदल्न गएको मान्छे बदल्ने कुरा छोडेर आफै बदलिन्छ'उनले भने'\गठबन्धन केका लागि भयो ? चुनाव जित्न, सरकार बनाउन भनेको छ। निर्वाचन देखि निर्वाचनसम्म गोल चक्कर चलेको छ।'

उनले सरकार बदलिए पनि शैली भने उस्तै रहने गरेको बताए। डेंगी लागेको बेलामा सरकार जसरी सक्रिय हुनुपर्ने हो हुनै नसकेको उनले बताए।  हिजो कोरोनाको बेलामा ओली सरकारले काम गरेन भनेर आलोचना गरेको तर अहिले सरकारले पनि काम गर्न नसकेको उनले बताए।

सिट बाँडफाँडमा केन्द्रित हुनु पार्टीको नियमित काम रहेको भन्दै उनले आपत्कालीन बैठक बसेर सङ्क्रमण रोक्न सरकारले विशेष काम गर्नुपर्ने सुझाव दिए।

'यो पाँच सरकारको खेर गयो। हामी जहाँ पुग्ने हो त्यहाँ पुग्न सकिएन। गठबन्धन को कुरा छ। मनमा असन्तुष्टि छ छटपटी छ किन?,' उनले भने' अबको पाँच वर्ष पनि यस्तै हुने?सरकार बदली गर्दा काम हुन्छ / यहाँ खै?'

१४ असोज, २०७९, १०:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।