छैटौँ टी ट्वेन्टीमा भिड्दै पाकिस्तान र इङ्ग्ल्याण्ड, उपाधि जित्ने र बराबरी गर्ने ?

छैटौँ टी ट्वेन्टीमा भिड्दै पाकिस्तान र इङ्ग्ल्याण्ड, उपाधि जित्ने र बराबरी गर्ने ?

काठमाडौं: पाकिस्तान र इङ्ग्ल्याण्डबीच जारी टी ट्वेन्टी प्रतियोगिता आज छैटौँ खेल हुँदैछ। सात खेलको श्रृङ्खलामा हालसम्म पाकिस्तानले ३ खेलमा जित हात पारेको छ भने इङ्ग्ल्याण्डले २ खेलमा जित हात पारेको छ।

आज खेलमा पनि जित हात पारेमा पाकिस्तानले श्रृङ्खला कब्जा गर्नेछ। घरेलु मैदानमा १७ वर्षपछि खेल्न आएको पाहुना इङ्ग्लिस टोलीलाई हराएर श्रृङ्खला जित्ने पाकिस्तानको लक्ष्य हुनेछ।

यस्तै इङ्ग्ल्याण्डले पनि श्रृङ्खलाको नतिजा अन्तिम खेलमै टुङ्ग्याउन हर प्रयास गर्नेछ। आजको खेल इङ्ग्लिस टोलीले जितेमा बराबर जित हासिल गर्दै सातौँ टी ट्वेन्टीमा विजेता टुङ्गो लाग्नेछ।

खेल लाहोरको गद्दाफी रङ्गशालामा हुनेछ। नेपाली समयअनुसार राति ८:१५ बाट खेल सुरु हुनेछ।

 

१४ असोज, २०७९, १०:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।