लाल मोहम्मदको हत्यामा संलग्न तीन जना पक्राउ परेको दाबी, आजै सार्वजनिक गरिने

लाल मोहम्मदको हत्यामा संलग्न तीन जना पक्राउ परेको दाबी, आजै सार्वजनिक गरिने

काठमाडौँ :  काठमाडौँको गोठाटारमा मारिएका लाल मोहम्मदको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

प्रहरीले लाल हत्यामा संलग्न रहेको आरोपमा तीन जना पक्राउ गरेको हो। पक्राउ व्यक्ति र उनीहरूको संलग्नताबारे प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्दैछ।

असोज ४ मा  मोटरसाइकलमा आएका व्यक्तिले गोठाटारमा मोहम्मदलाई गोली हानेर हत्या गरेका थिए। उनको उपचारकोक्रममा मृत्यु भएको थियो।

प्रारम्भिक अनुसन्धानमा हत्या योजनामा संलग्न मोहम्मदको घर नजिकैको कोसीपारि गेस्ट हाउसमा बसेको खुलेको थियो।

हत्यामा संलग्नमध्ये एक नीतिन मोहन गेस्ट हाउसको सिसिटिभीबाट पहिचान भएका थिए। 

१४ असोज, २०७९, १०:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।