मोड्रन गडेस नोराको जादु

मोड्रन गडेस नोराको जादु

काठमाडौँ : नोरा फतेहको सुन्दरता अनि मादक नृत्यको पारखी को नहोला र। ग्ल्यामरस छविसँगै उत्कृष्ट नृत्यले उनले बलिउडमा आफ्नो अलग पहिचान बनाउन सफल भइसकिन्।

उनै नोरा जिक्यु बेस्ट ड्रेस्ड अवार्डमा सहभागी हुँदाको लुक्सलाई लिएर भारतीय मिडियाहरूले उनलाई मोड्रन देवीको उपमा दिएका छन्।

पहेँलो कटआउट गाउनमा कार्यक्रममा सहभागी भएकी थिइन् नोरा। पछिल्लो समय नोरा बलिउडमा आइटम गीतमा नृत्य गरेर चर्चामा छिन्।

उनी बिगबोस मार्फत बलिउडमा प्रवेश गरेकी हुन्। बिगबोसको प्रतियोगीको रूपमा उनी चर्चित भएपछि बलिउडमा सङ्घर्ष गरिन् र अलग छवि बनाउन सफल भइन्।

१४ असोज, २०७९, ०९:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।