आज पनि सत्ता गठबन्धनको बैठक: दोहोरो दावी रहेका क्षेत्रबारे निर्णय हुने

आज पनि सत्ता गठबन्धनको बैठक: दोहोरो दावी रहेका क्षेत्रबारे निर्णय हुने
फाइल तस्बिर

काठमाडौं: आज पनि सत्ता गठबन्धनको बैठक बस्दैछ। प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठक सिट बाँडफाँटमै केन्द्रित हुनेछ।

नेताहरूका अनुसार आजको बैठकले बाँडफाँटलाई अन्तिम रूप दिनेछ। आज मुख्यतः दोहोरो दावी रहेका क्षेत्रबारे निर्णय हुनेछ।

एकै निर्वाचन क्षेत्रमा गठबन्धनभित्रका दुई दलले दावी गरेको क्षेत्रको टुङ्गो लगाउने आजको बैठकको मुख्य अजेण्डा छ।

गठबन्धनभित्र विशेषतः एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चामा सिट बाँडफाँटबारे असन्तुष्टि देखिएको छ।

१४ असोज, २०७९, ०८:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।