स्थानीय सरकार

बुटवलमा खुलारूपमा सडकमा दूध बेच्न रोक


बुटवल: बुटवल उपमहानगरपालिकाले खुलारूपमा सडक किनारमा दूध बेच्न रोक लगाएको छ। उपमहानगरकी उपप्रमुख तथा अनुगमन समिति संयोजक सावित्रादेवी अर्यालको अध्यक्षतामा बसेको दुग्ध व्यवसायीसहितको बैठकले दूधको कारोबार गर्ने व्यवसायी र किसानलाई अनिवार्यरूपमा दर्ता गर्न र खुलारूपमा सडक किनारमा दूधको बिक्री वितरण रोक्न आग्रह गर्ने निर्णय गरेको हो।

दुग्धजन्य पदार्थलाई व्यवस्थित तथा स्वस्थकर बनाउनका लागि दूध र दूग्धजन्य पदार्थको गुणस्तर परीक्षणका लागि ल्याब किड्स मेसिनसहितको ल्याब स्थापना गर्ने निर्णय बैठकले गरेको अर्यालले बताइन्।

यस्तै बैठकले दूग्धजन्य पदार्थलाई गुणस्तरीय र स्वस्थकर बनाउन दूध विक्रेता, किसानलगायत दूधको कारोबारमा संलग्न डेरी व्यवसायीले पालना गर्नुपर्ने आचारसंहिता तयार गरी कार्यान्वयनमा सहयोग र समन्वय गर्न कार्यदल गठन गरेको छ।

रुपन्देही डेरी व्यवसायी सङ्घका अध्यक्ष गणेशप्रसाद भण्डारीको संयोजकत्वमा गठन भएको कार्यदलमा डेरी व्यवसायी कृष्ण भट्टराई, रामकृष्ण शर्मा पौडेल, उमादेवी शर्मा र संजोग श्रेष्ठ सदस्य रहेका छन्। यस्तै सदस्यसचिवमा बुटवल उपमहानगरपालिकाका पशुपक्षी विकास शाखा प्रमुख रहेका छन्।

बैठकले दूधको मूल्य निर्धारण गरी कार्यान्वयन गराउने निर्णय गरेको उपप्रमुख अर्यालले बताइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

बाइसधारामा आजदेखि इ–टिकेटिङ, उपप्रमुखले गरिन् शुभारम्भ

काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले आगन्तुकका लागि विद्युतीय टिकट काटेर सेवा सुरू गरेकी हुन्।

गुल्मीमा खरको छाना अब इतिहास बन्दै, आठ हजार घरमा जस्तापाता छाउने काम जारी

पानी पर्दा चुहिने डर, आगलागीमा पनि उत्तिकै डर हुने खरको छानोका कारण गुल्मीका विपन्न परिवारले यसअघि थुप्रै रात पीडामै बिताउँथे। केही वर्ष पहिले पनि जिल्लाको मुसिकोट नगरपालिका–४ दजाकोटमा....

महानगर प्रमुख साह र जर्मन राजदूत प्रिन्सबीच शिष्टाचार भेट

राजदूत प्रिन्सले फोहोर व्यवस्थापनमा जर्मन सरकारले गरेको सहयोगको चर्चा गर्दै अहिलेको अवस्थामा बारे जानकारी लिन खोजेपछि साहले योजना सुनाएका थिए।  ‘फोहोर व्यवस्थापनका लागि धेरै प्रविधि....

विराटनगर महानगरपालिकाको प्रतीक चिह्न बनाउनुस् एक लाख पुरस्कार पाउनुस्

इच्छुक व्यक्ति वा संस्थाले लोगोको डिजाइन हुलाक वा महानगरको इमेलमा पठाउन सक्नेछन्। मङ्सिर १८ गतेसम्म प्राप्त लोगोको डिजाइनलाई छनोट प्रक्रियामा सामेल गरिने महानगरका प्रमुख प्रशासकीय....

आफूमाथि टिप्पणी गरेपछि ओलीमाथि हर्कको कटाक्ष– ‘कठै बरा... गफाडी !’

सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘उभिएर भाषणसम्म गर्न नसक्नेले हर्क साम्पाङलाई चुनौती दिएर गएछ१ कठै बरा... गफाडी ! उसको घरको उसको व्यक्तिगत कमाइजस्तो गर्दो....