नेपाल बाहिर

मलेसियाका लागि नवनियुक्त नेपाली राजदूत पौडेलद्वारा ओहोदाको प्रमाणपत्र पेश


मलेसियाः मलेसियाका लागि नवनियुक्त नेपाली राजदूत डिल्लीराज पौडेलले मलेसियाको परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल मोह्द अईनी बिन अतनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्रको प्रतिलिपि पेस गरेका छन्।

मलेसियाका शिष्टाचार महापाल अतनले नेपालको राजदूत पदमा नियुक्त भएकाेमा पौडेललाई बधाई दिँदै स्वागत गरे।

राजदूत पौडेल र शिष्टाचार महापाल अतनले नेपाल र मलेसियाबीचमा रहिआएको ऐतिहासिक सम्बधका बहुआयामिक पक्षमा छलफल समेत भयो।

भेटमा दुई पक्षीय, क्षेत्रीय तथा बहुपक्षीय स्तरमा पारस्परिक हितका विषयमा साझेदारी गर्दै अघि बढ्ने बारे छलफल भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

चामल अभाव हुने डर हटेपछि भारतले हटायाे निर्यातमा लगाएकाे प्रतिबन्ध

महाननिर्देशनालयले पर्याप्त आन्तरिक आपूर्ति सुनिश्चित गर्न तथा हिउँदे बालीको याममा चामलको कम उत्पादन हुने आशङ्कामा जैविक गैर–बासमती चामललगायत अन्य चामलको निर्यातमा प्रतिबन्ध लगाएको थियो।  वैदेशिक....

५८ वर्षीय एक पुरुषले जानाजान खाए १८७ वटा सिक्का

जब डाक्टरहरुले पत्याएनन् तब उनीहरुले एन्डोस्कोपी गरे र त्यसपछि थाहा भयो कि ती सिक्का ती व्यक्तिले आफैं निलेका थिए। डाक्टरले एन्डोस्कोपी गरेर ग्यास्ट्रोटोमी शल्यक्रिया गरेर....

क्यामरुनमा मृत्यु संस्कारका लागि जम्मा भएकाहरू पहिरोमा परे: १४ जनाको मृत्यु, केही बेपत्ता

क्यामरुनको यस क्षेत्रमा पछिल्लो समयमा बाढी र पहिरोको प्रकोप बढेको बताइएको छ। यस क्षेत्रका नागरिकको मुत्यु संस्कारका क्रममा जम्मा भएका नागरिक पहिरोमा परेका थिए। त्यस....

संसारको एउटा यस्तो गाउँ जहाँ साँझमा मानिसको निद्रा हराउँछ

पोस्टका अनुसार यस गाउँको नाम कुल्लरपुर (कुल्लरपुर, अम्बाला) हो। यहाँ साँझपख मानिसको निन्द्रा हराउँछ। किनभने अनौठो कीराको डरले यहाँ मानिसहरूको दिमाग घुम्न थाल्छ।....

उत्तर कोरियालाई विश्वकै शक्तिशाली आणविक शक्ति बनाउने किम जोङ उनको दावी

किमले ह्वासोङ–१७ को सफलताका लागि १०० भन्दा बढी सम्बन्धित अधिकारी र वैज्ञानिकलाई पदोन्नति पनि गरेका छन्। नयाँ आईसीबीएमलाई ‘विश्वको सबैभन्दा बलियो रणनीतिक हतियार’ भन्दै किमले....