नेपाल बाहिर

उत्तर कोरियाद्वारा दुई ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण


एजेन्सीः उत्तर कोरियाले आफ्नो पूर्वी जलक्षेत्रमा छोटो दूरीका दुई वटा ब्यालेस्टिक क्षेप्यास्त्रको परीक्षण प्रहार गरेको छ।

दक्षिण कोरियाको ज्वाइन्ट चिफ अफ स्टाफ (जेसीएस)ले बिहीबार एक विज्ञप्ति जारी गर्दै दक्षिण प्योङयान प्रान्तको सुनचोन क्षेत्रबाट स्थानीय समयअनुसार राति ८ः४८ देखि राति ८ः५७ को बीचमा उत्तर कोरियाले प्रक्षेपण गरेको दुई छोटो दूरीका ब्यालेस्टिक क्षेप्यास्त्र पूर्वी जलक्षेत्रमा फेला पारेको जनाएको हो।

उत्तर कोरियाले बुधबार आफ्नो पूर्वी जलक्षेत्रमा दुई छोटो दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र र आइतबार पूर्वी जलक्षेत्रमा एउटा छोटो दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको थियो।

सन् २०२२ मा मात्र उत्तर कोरियाले १९ पटक ब्यालेस्टिक क्षेप्यास्त्र र दुई पटक क्रुज क्षेप्यास्त्रको परीक्षण गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

चामल अभाव हुने डर हटेपछि भारतले हटायाे निर्यातमा लगाएकाे प्रतिबन्ध

महाननिर्देशनालयले पर्याप्त आन्तरिक आपूर्ति सुनिश्चित गर्न तथा हिउँदे बालीको याममा चामलको कम उत्पादन हुने आशङ्कामा जैविक गैर–बासमती चामललगायत अन्य चामलको निर्यातमा प्रतिबन्ध लगाएको थियो।  वैदेशिक....

५८ वर्षीय एक पुरुषले जानाजान खाए १८७ वटा सिक्का

जब डाक्टरहरुले पत्याएनन् तब उनीहरुले एन्डोस्कोपी गरे र त्यसपछि थाहा भयो कि ती सिक्का ती व्यक्तिले आफैं निलेका थिए। डाक्टरले एन्डोस्कोपी गरेर ग्यास्ट्रोटोमी शल्यक्रिया गरेर....

क्यामरुनमा मृत्यु संस्कारका लागि जम्मा भएकाहरू पहिरोमा परे: १४ जनाको मृत्यु, केही बेपत्ता

क्यामरुनको यस क्षेत्रमा पछिल्लो समयमा बाढी र पहिरोको प्रकोप बढेको बताइएको छ। यस क्षेत्रका नागरिकको मुत्यु संस्कारका क्रममा जम्मा भएका नागरिक पहिरोमा परेका थिए। त्यस....

संसारको एउटा यस्तो गाउँ जहाँ साँझमा मानिसको निद्रा हराउँछ

पोस्टका अनुसार यस गाउँको नाम कुल्लरपुर (कुल्लरपुर, अम्बाला) हो। यहाँ साँझपख मानिसको निन्द्रा हराउँछ। किनभने अनौठो कीराको डरले यहाँ मानिसहरूको दिमाग घुम्न थाल्छ।....

उत्तर कोरियालाई विश्वकै शक्तिशाली आणविक शक्ति बनाउने किम जोङ उनको दावी

किमले ह्वासोङ–१७ को सफलताका लागि १०० भन्दा बढी सम्बन्धित अधिकारी र वैज्ञानिकलाई पदोन्नति पनि गरेका छन्। नयाँ आईसीबीएमलाई ‘विश्वको सबैभन्दा बलियो रणनीतिक हतियार’ भन्दै किमले....