एन्फाले घोषणा गर्‍याे एसियन कप खेल्ने १७ वर्षमुनिको टोली, को–को अटाए ?

एन्फाले घोषणा गर्‍याे एसियन कप खेल्ने १७ वर्षमुनिको टोली, को–को अटाए ?

काठमाडौंः अखिल नेपाल फुटबल संघ (एन्फा)ले २०२३ एएफसी यू–१७ एसियन कप छनोटका लागि बिहीबार २३ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ।

मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले सेप्टेम्बर २०२२ मा साफ यू–१७ च्याम्पियनसिपपछि, सेप्टेम्बर १६ मा बन्द शिविरमा ३० खेलाडीलाई आमन्त्रित गरेका थिए। सोही टोलीबाट सात जनालाई हटाएर २३ सदस्यीय टोली घोषणा गरिएको हो।

नेपाल साफ यू–१७ च्याम्पियनसिप २०२२ को फाइनलमा भारतसँग ४–० ले पराजित हुँदै उपविजेतामा सीमित भएको थियो।

सन् २०२३ मा हुने एएफसी यू–१७ एसियन कप छनोट खेल्नका लागि टोली आइतबार प्रस्थान गर्नेछ।

गोलकिपरः समीर चन्द, रुबिन भोगती, कृषल मोक्तान

डिफेन्डरः मदन पौडेल, युनिश मगर, दीपक थापा मगर, निशान्त तामाङ, विक्रम तामाङ, सेमन्त थापा, अश्विन घोरासैनी, धिरज विश्वकर्मा, राम थापा

मिडफिल्डरः हरिशराज भट्ट, प्रशान्त लक्ष्म, विनोद केसी, श्रीयांस मानन्धर, निरज कार्की, सरोज दारलामी, उनिश बुढाथोकी, लच्छु थापा, धनसिंह विक

फरवार्डस्: सुवास बम, सिजल राई

१३ असोज, २०७९, १६:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।