‘प्रेम गीत ३’ले हरेक हलको काउन्टरमा आफ्नाे प्रतिनिधि राख्ने

‘प्रेम गीत ३’ले हरेक हलको काउन्टरमा आफ्नाे प्रतिनिधि राख्ने

काठमाडौंः ‘प्रेम गीत ३’ निर्माण टिमले हरेक हलको बक्स अफिस काउन्टरमा आफ्नो प्रतिनिधि राख्ने भएको छ।

दर्शकले चाहेको फिल्म हेर्न नपाएको भनेर गुनासो गरेपछि चलचित्र टिमले हलको काउन्टरमा प्रतिनिधि राख्न लागेको चलचित्रको निर्माता तथा निर्देशक सन्तोष सेनले जानकारी दिए।

दर्शकको सुविधानको लागि भन्दै चलचित्र निर्माण टीमले आफ्ना प्रतिनिधि राख्न लागेको हो। दर्शकले चाहेको भाषामा फिल्म हेर्न नपाएको गुनासो आएपछि आफूहरूले यस्तो गर्न लागेको उनले बताए।

गत शुक्रबारदेखि ‘प्रेम गीत ३’ नेपालभर प्रदर्शन भएको छ। हिन्दी भर्सन भने चलचित्र विकास बोर्डसँगको विवादपछि सोमबारदेखि मात्र प्रदर्शनमा आएको हो।

यसैबीच, निर्माता सेनले चलत्रि ब्लकबस्टर भएको दाबी गरेका छन्। चलचित्रको पोस्टर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै उनले चलचित्र ब्लकबस्टर हिट भएको दाबी गरेका हुन्।

१३ असोज, २०७९, १४:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।