निको भएको छैन प्रहरी र माओवादीबाट सामूहिक बलात्कारमा परेकाहरूको घाउ, "न्यायका लागि कोसँग अनुरोध गरौं?"

निको भएको छैन प्रहरी र माओवादीबाट सामूहिक बलात्कारमा परेकाहरूको घाउ,
तस्बिर: द्वन्द्वबाट पीडित महिलाहरू

सुर्खेत: २०५६ साल वैशाख १२ गते दिउँसो रुकुम पश्चिमकी रुचि (नाम परिवर्तित) भान्साभित्र खाना पकाउँदै थिइन्। उनका श्रीमान् आँगनमा दाउरा केलाउँदै थिए।

गाउँ नजिकैको प्रहरी चौकीबाट पोसाकसहित सात जना प्रहरीको गस्ती टोली उनको घरमा आइपुग्यो। गस्तीमा आएको प्रहरीको टोलीले उनलाई पानी दिन अनुरोध गदै कोठाभित्र लगे। ढोका बन्द गरेर सातै जनाले रुचिलाई पालैपाले बलात्कार गरे। 

त्यतिबेला रुचि आठ महिनाकी गर्भवती थिइन्। उनले प्रतिकार गर्दा पनि हतियारसहितका ती प्रहरीका अगाडि उनको केही चलेन। 

श्रीमतीमाथि बलात्कार भएको देखेर किन यस्तो गरेको भन्दै उनका श्रीमान् कोठाभित्र गए। उनलाई पनि प्रहरीले कुटपिट गरी घाइते बनाए।

‘द्वन्द्वले मेरो सिउँदोको सिन्दूर पुछियो, काख रित्तियो। हिरासतमै बलात्कारको सिकार भएँ’, मंगलीले भनिन्, ‘हाम्रो पीडा राज्यले कहिले बुझेर न्याय दिने हो पत्तो छैन्। कहिलेसम्म पीडा लुकाएर बस्ने, न्याय दे सरकार।’

रुचिले २३ वर्षअघिको यो घटना सुनाउँदै भनिन्, ‘द्वन्द्वले हामीलाई कहिल्यै नमेटिने घाउ लगाएर गएको छ। सामूहिक बलात्कारको सिकार बनेकी मैले न्यायका लागि कोसँग अनुरोध गरौं? शान्ति सम्झौता भएको यतिका वर्षसम्म पनि राज्यले हाम्रो घाउमा मल्हम लगाउन सकेको छैन। पीडामाथि पीडा थुपारेर बसिरहेका छौं।’

उनको पाठेघर समेत खसेको छ। जसका कारण तल्लो पेट दुख्ने र सेतो पानी बग्ने समस्या झन्‌झन् बल्झँदैछ। उनलाई श्रीमान्‌ले पनि यही कुरा कोट्याएर बेलाबेलामा शारीरिक र मानसिक यातना दिने गर्छन्। पीडामाथि झन् पीडा थपिन्छ।

सशस्त्र द्वन्द्वकै क्रममा रुकुम पश्चिमकै मंगली खत्री एक वर्षसम्म प्रहरी र सेनाको हिरासतमा बसिन्। हिरासतमा हुँदा उनी पटक–पटक बलात्कृत भइन्। द्वन्द्वकै कारण उनले श्रीमान् र छोरा गुमाइन्।

‘द्वन्द्वले मेरो सिउँदोको सिन्दूर पुछियो, काख रित्तियो। हिरासतमै बलात्कारको सिकार भएँ’, मंगलीले भनिन्, ‘हाम्रो पीडा राज्यले कहिले बुझेर न्याय दिने हो पत्तो छैन्। कहिलेसम्म पीडा लुकाएर बस्ने, न्याय दे सरकार।’

माओवादीबाट बलात्कृत हुँदा उनी १४ वर्षकी थिइन्। आफूमाथि भएको हिंसा उनले अरूलाई भन्न सकिनन्। त्यो दिनदेखि उनले विद्यालय जान पनि छोडिन्।

तत्कालीन समयमा धेरैले परिवार, आफन्त गुमाए। कोही अपाङ्ग समेत बने। तर, द्वन्द्वका क्रममा बलात्कारमा परेका महिलाहरूको पीडा भने झन्‌झन् बल्झन थालेको छ।

२०६८ सालमा स्कुल जाने तयारीमा रहेकी कालिकोटकी एक किशोरी तत्कालीन विद्रोही माओवादीका पाँच जना कार्यकर्ताबाट बलात्कृत भइन्। खाना खाने बहानामा घरभित्र पसेका माओवादीले उनीमाथि सामूहिक बलात्कार गरे।

माओवादीबाट बलात्कृत हुँदा ती किशोरी १४ वर्षकी थिइन्। आफूमाथि भएको हिंसा उनले अरूलाई भन्न सकिनन्। त्यो दिनदेखि उनले विद्यालय जान पनि छोडिन्।

२३ वर्षको उमेरमा उनले विवाह गरिन्। एक छोरी पनि जन्मिइन्। तर उनको शारीरिक अवस्था भने अस्वस्थ भइरह्यो।

द्वन्द्वका बेला राज्य र विद्रोही पक्षबाट भएका यौन हिंसा र बलात्कारका घटनालाई गम्भीर रूपमा लिएर पारिवारिक र सामाजिक द्वन्द्व सिर्जना नहुने गरेर समाधान गरिनुपर्ने उनको भनाइ छ।

अहिले पनि उनको यौनाङ्गबाट रगत बग्ने, सेतो पानी बग्ने समस्या छ। शारीरिक अवस्था राम्रो नहुँदा श्रीमान्‌बाटै अपहेलित हुनुपर्ने अवस्था आएको उनी सुनाउँछिन्।

द्वन्द्वका क्रममा भएका यौन हिंसाका घटना बाहिर ल्याउनु धेरै चुनौतीपूर्ण भएको राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेशका प्रमुख मानबहादुर कार्कीले बताए।

उनका अनुसार यौन हिंसाका घटना आयोगमा पनि अत्यन्तै न्यून दर्ता भएका छन्। व्यक्तिको सामाजिक लगायतका विविध कारणले दर्ता भएका घटनाको अनुसन्धान गर्न झनै चुनौती रहेको उनले बताए।

द्वन्द्वका बेला राज्य र विद्रोही पक्षबाट भएका यौन हिंसा र बलात्कारका घटनालाई गम्भीर रूपमा लिएर पारिवारिक र सामाजिक द्वन्द्व सिर्जना नहुने गरेर समाधान गरिनुपर्ने उनको भनाइ छ।

द्वन्द्वको समयमा बलात्कार तथा यौनजन्य घटनाका पीडितहरूले कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीलाई विभिन्न ११ बुँदे मागसहितको ज्ञापनपत्र समेत बुझाएका छन्।

१३ असोज, २०७९, १२:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।