चितवनमा डेङ्गुबाट ४० वर्षीया एक महिलाको मृत्यु

चितवनमा डेङ्गुबाट ४० वर्षीया एक महिलाको मृत्यु

चितवन: डेङ्गु सङ्क्रमणबाट चितवनमा एक महिलाको मृत्यु भएको छ। राप्ती नगरपालिका–७ की ४० वर्षीया महिलाको डेङ्गुुका कारण मृत्यु भएको हो।

स्वास्थ्य कार्यालयका अनुसार स्थानीय मौलाकालिका पोलिक्लिनिकमा परीक्षणका क्रममा ती महिलामा डेङ्गु पुष्टि भएको थियो। उनको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको कार्यालयका सूचना अधिकारी राम केसीले जानकारी दिए।  यसअघि यही असोज २ गते रत्ननगर नगरपालिका–१ का २७ वर्षीय पुरुषको डेङ्गुका कारण मृत्यु भएको थियो।

जिल्लामा हालसम्म सात सय ४३ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ। उनीहरूमध्ये चार सय ५९ चितवनका छन्।

बाहिरी जिल्लाका एक सय ७५ र ठेगाना नखुलेका एक सय नौ जना रहेका छन्। चार हजार ४४९ जनाको परीक्षणका क्रममा उनीहरूमा डेङ्गु सङ्क्रमण पुष्टि भएको कार्यालयले जनाएको छ।

१३ असोज, २०७९, १०:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।