कुनै समय जुत्ता पोलिस गर्थे, इण्डियन आइडल जितेपछि फेरियो सनी हिन्दुस्तानीको जीवन, नेदरल्याण्ड्सकी युवतीसँग प्रेममा

कुनै समय जुत्ता पोलिस गर्थे, इण्डियन आइडल जितेपछि फेरियो सनी हिन्दुस्तानीको जीवन, नेदरल्याण्ड्सकी युवतीसँग प्रेममा

एजेन्सी: इण्डियन आइडलको ११औं संस्करणका विजेता सनी हिन्दुस्तानीको जीवनको रूपरङ्ग नै फेरिएको छ अहिले। इण्डियन आइडलअघि उनलाई कसैले चिन्दैन थिए।

सनी घरको आवश्यकता पूरा गर्न जुत्ता पोलिस गर्ने काम गर्थे। यत्तिकैमा उनले इण्डियन आइडलको लागि अडिसन दिए। औपचारिक संगीत पनि नसिकेका सनीले इण्डियन आइडलको मञ्चमा तहल्का मच्चाउने गरी प्रस्तुति दिएका थिए।

पाकिस्तानी गायक उस्ताद नुसरत फतेह अली खानका डाइहार्ड फ्यान सनीले इण्डियन आइडलमा पनि उनकै गीत गाएर नाम कमाए। सनीको आवाजको रेन्ज निकै माथिसम्मको थियो। यस्तै उनको आवाजमा नुसरत फतेह अली खानकै झझल्को आउँथ्यो।

उनले विस्तारै आफ्नो आवाजको प्रशंसक बटुल्दै गए। देश विदेशमा प्रशंसक बटुल्दै गएपछि उनको भोट पनि उल्लेख्य सङ्ख्यामा पाए र जिते इण्डिन आइडलको उपाधि।

यसपछि उनले फर्केर हेर्नै परेन। उनले काममाथि काम पाए। स्टेज शोदेखि विभिन्न चर्चित संगीतकारसँग काम गर्न पाए। अहिले उनको व्यस्तता ह्वात्तै बढेको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार सनीसँग अहिले 'शोहरत, दौलत और खूबसूरत गर्लफ्रेण्ड' छ। सनीको गर्लफ्रेण्ड नेदरल्याण्ड्सकी युवती हुन्। उनी लेखिका र चित्रकार हुन्। भारतीय सञ्चारमाध्यमको कुरा पत्याउने हो भने उनी सुन्दरतामा बलिउड नायिकाभन्दा कम छैनन्।

१३ असोज, २०७९, ०९:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।