नेपाली मुलका ३१ वर्षीय पुकार हमालले स्टार्टअपका लागि २१ मिलियन अमेरिकी डलर 'फण्ड' सङ्कलन गरे

नेपाली मुलका ३१ वर्षीय पुकार हमालले स्टार्टअपका लागि २१ मिलियन अमेरिकी डलर 'फण्ड' सङ्कलन गरे

क्यानडा: सान फ्रान्सिस्कोमा नेपाली मुलका पुकार हमालको स्टार्टअप 'सेक्युरिटी पाल'ले पहिलो चरणको फण्ड कलेक्सनमा २१ मिलियन अमेरिकी डलर लगानी सङ्कलन गरेको छ। सेक्युरिटी पालमा एन्जेल इन्भेस्टर फ्रेडरिक केरेस्ट, ओकटा कम्पनीका चिफ अपरेटिड अफिसर लगायतले लगानी गरेका छन्।

गत २० सेप्टेम्बरमा भएको यो पहिलो चरणको फण्ड सङ्कलन हो। जसलाई यहाँ लगानी क्षेत्रमा सिरिए फण्ड कलेक्सन पनि भनिन्छ।

क्राफ्ट भेञ्चर्सको नेतृत्त्वमा सिरिए फण्डिड सञ्चालन भएको थियो। २०१८ मा सान फ्रान्सिस्कोमा स्थापित सेक्युरिटी पालले सुरक्षा सम्बन्धी प्रश्नावलीमा अन्य कम्पनीलाई सहयोग गर्छ।

पछिल्लो समय विभिन्न व्यवसायलाई सहयोग गर्दै आएको इजरायलको मन्डे डटकमका सिनियर सोलुसन इन्जिनियर म्यानेजर इडुआर्डो भन्छन्, 'सेक्युरिटी पालका कारण मेरो रिर्सोस अन्त नै प्रयोग गर्न पाएको छु। सेक्युरिटी पाल मन्डे डटकमकै शाखा जस्तो भएको छ।'

प्राविधिक कम्पनीको सुरक्षाका निम्ती सुरक्षा प्रश्नावली निकै महत्त्वपूर्ण रहेको छ। र, यसका निम्ती बाहिरी कम्पनीलाई प्रयोग गर्ने प्रचलन बढ्दो छ। यसै क्रममा ३१ वर्षीय हमालको सेक्युरिटीपालले लगानीकर्तालाई आर्कशित गर्न सफल भएको हो।

निम्न माध्यमिक शिक्षा नेपालको दार्चुला र दाङमा गरेका हमाल सात वर्षको उमेरमा अमेरिका पुगेका थिए। 'छोराले यहाँ तीन कक्षादेखि पढ्न सुरु गरेको हो', छोराको सफलतामा हौसिएका हरिश्चन्द्र हमाल भन्छन्, 'यहाँ अन्तराष्ट्रिय सम्बन्ध र अर्थशास्त्रमा पोस्ट ग्रयाजुएट गर्यो।'

पुकार हमालका हजुरबुबा पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनमा जेलभित्रै निधन भएका रामचन्द्र हमालका नाति हुन्। पञ्चायतविरुद्धको आन्दोलमा जेल परेका नेपाली कांग्रेस आवद्ध रामचन्द्रको बन्दी अवस्थामै निधन भएको थियो।

१३ असोज, २०७९, ०८:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।