पाँचौँ टी ट्वेन्टीमा पाकिस्तान विजयी, इङ्ग्ल्याण्डविरुद्ध ३-२ को अग्रता

पाँचौँ टी ट्वेन्टीमा पाकिस्तान विजयी, इङ्ग्ल्याण्डविरुद्ध ३-२ को अग्रता

काठमाडौं: जारी पाकिस्तान र इङ्ग्ल्याण्डबीचको टी ट्वेन्टी प्रतियोगितामा पाकिस्तानले ३-२ को अग्रता बनाएको छ। गए राति सम्पन्न खेलमा पाकिस्तानले इङ्ग्ल्याण्डलाई ६ रनले पराजित गरेको हो।

लाहोरको गद्दाफी स्टेडियममा भएको खेलमा टस जितेर इङ्ग्ल्याण्डले पहिले बलिङ गर्ने निर्णय गर्यो। इङ्ग्लिस टोलीको बलिङ अट्याकले पाकिस्तानलाई घरेलु मैदानमा १९ ओभरमै १४५ रनमा अलआउट गर्यो।

पाकिस्तानका लागि ब्याटिङतर्फ मोहम्मद रिजवानले ६३ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यान चल्न सकेनन्। रिजवानले भने ५ वटा खेलमध्ये चारमा अर्धशतकीय पारी खेलेका छन्। हाल विश्व क्रिकेटमा टी ट्वेन्टीका नम्बर १ ब्याट्सम्यान हुन् रिजवान।

यसबाहेक इफ्तिखार अहमद र अमीर जमालले मात्र दोहोरो अंकमा रन बनाए।

बलिङतर्फ इङ्ग्ल्याण्डका मार्क वुडले ३ विकेट लिए, साम करेनले २ तथा डेविड विलीले २ विकेट लिए। क्रिश वोक्सले १ विकेट लिए।

इङ्ग्ल्याण्डको पनि ब्याटिङ पारी उस्तै रह्यो। ओपनरद्वय फिल साल्ट र एलेक्स हेल्स ३ र १ रन बनाएर पभेलियन फर्के। डाविड मलानले ३६ रन बनाए। यस्तै कप्तान मोइन अलीले ५१ रनको अर्धशतकीय पारी खेले।

बलिङतर्फ पाकिस्तानी बलर ह्यारिस राउफले २ विकेट लिए। अन्य बलरले १-१ विकेट लिए।

यी दुई टोलीबीच छैटौँ टी ट्वेन्टी भोलि छ।

 

१३ असोज, २०७९, ०७:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।