बलात्कारपछि पेचकसले घोचेर हत्या गरेको आरोपमा पक्राउ

बलात्कारपछि पेचकसले घोचेर हत्या गरेको आरोपमा पक्राउ

महोत्तरी : महिलाको बलात्कारपछि हत्या गरेको आरोपमा २४ वर्षीय मोजाहिर अन्सारी पक्राउ परेका छन्। प्रहरीले उनलाई महिलाको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ गरेर सार्वजनिक गरेको हो।

प्रहरीले अन्सारीमाथि महिलाको बलात्कार गरेर पेचकसले घाँटी, छाती र पेटमा घोचेर मारेको आरोप लगाएको छ। महिलाको शव बाँसघारीमा फेला परेको थियो।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कृष्णप्रसाद पङ्गेनीका अनुसार घटनास्थलमा मृतकको लुगाफाटा च्यातिएको, सुरुवालको डोली चुँडिएको, पोते चुँडिएको, चुरा फुटेको, कुर्ताका गोजीको टुक्रा फालिएको र आरोपितको गन्जी च्यातिएको अवस्थामा फेला परेको थियो।

अन्सारीले शव एक सय मिटरसम्म घिसारेर बाँसघारी फ्याकेको प्रहरीको दाबी छ। उनले शवको पाउजु र नाकको फुली निकालेर जलेश्वरको एक सुन पसलमा बेचेका थिए। 

१२ असोज, २०७९, २१:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।