दुर्घटनामा ज्यान गुमाएका ग्राहकको परिवारलाई मेगा बैङ्कले दियो बिमाको सात लाख

दुर्घटनामा ज्यान गुमाएका ग्राहकको परिवारलाई मेगा बैङ्कले दियो बिमाको सात लाख

काठमाडौँ : दुर्घटनामा मृत्यु भएका ग्राहकका परिवारलाई मेगा बैक नेपाल लिमिटेडले बिमा बापतको सात लाख हस्तान्तरण गरेको छ। बैकमा ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ्ग अकाउन्ट भि २०२०’ खोलेका नेपाली सेनाका राम बहादुर गुरुङका परिवारलाई बैङ्कले सोही खाताको योजना अनुसार बिमाको सात लाख रुपैयाँ हस्तान्तरण गरेको हो।

विराटनगरमा मृतककी श्रीमती जुनु गुरुङलाई सो रकमको चेक हस्तान्तरण गरिएको प्रमुख सूचना अधिकारी तुलसीराम पोखरेलले जानकारी दिए।

गुरुङले सेनाको २१ नम्बर बाहिनी अड्डा चारआलीमा कार्यरत रहँदा मेगाको बिर्तामोड शाखामा ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ्ग अकाउन्ट भि २०२०’ खोलेका थिए।

२०७८ मा उनी सवारी दुर्घटनामा परेका थिए। बैकले तलबी खातामा बिमा सुविधा प्रदान गर्दै आएको बैकको प्रदेश एकका प्रमुख विवेकबन्धु न्यौपानेले बताए।

न्यूनतम एक हजार रुपैयाँ मौज्दातमा खोल्न सकिने ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ्ग अकाउन्ट भि २०२०’ मा बैङ्कले हरेक खातावालाको ७ लाख रुपैयाँको दुर्घटना बिमा गरेको छ।

१२ असोज, २०७९, १६:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।